nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश अर्थतन्त्रलाई उँभो लगाउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिँह

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ७, २०८२, ८:५९ मध्यान्ह
प्रदेश अर्थतन्त्रलाई उँभो लगाउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिँह

जनकपुरधाम/जेठ ७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै कृषि विद्युतीकरण तथा सिँचाइ व्यवस्थापनका लागि प्रदेश सरकारले स्थानीय तहलाई अनुदान दिएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री सिँहले प्रदेश सरकारले प्रदान गर्ने त्यस्तो अनुदानको दायरामा प्रदेशका बहुसँख्यक स्थानीय तह परेको बताए । उनले स्टार्टअप सम्बन्धी कार्यक्रमका लागि विनियोजित बजेट परिचालन गर्न कार्यविधि बनाई काम अगाडि बढाउँदा बैँकहरूको अरुचिका कारण समस्या परेको भन्दै आगामी वर्षमा स्टार्टअप तथा इन्क्वीवेसन सेन्टर वीरगन्जमा स्थापनाका गर्नका लागि बजेट छुट्याइने पनि उल्लेख गरे । देशकै बजेट निर्माणका नीतिगत प्रक्रियामा निजी क्षेत्रले समेत प्रभावित गरिरहेका बेला राजनीतिक दलहरूको समूहगत एक्यबद्धताले मात्र केन्द्रीय तहमा ठोस तथा स्थिर आर्थिक नीति आउन कठिन रहेको औँल्याउँदै प्रदेश सरकारले आवश्यकता एवम् औचित्यका आधारमा आर्थिक क्षेत्रमा फड्को मार्न नीतिगत प्रस्टता र सुशासन कायम गर्ने बताए ।उनले राजस्व संकलन गर्ने बिन्दुमा प्रदेश सरकारको कानुनी हस्तक्षेप निष्प्रभावी रहेको भन्दै त्यस ठाउँलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सङ्घ सरकारसँग संवाद गर्ने बताए ।

मुख्यमन्त्री सिँहले प्रदेश सरकारले कुखुरा र अण्डामा आत्मनिर्भर प्रदेशका व्यवसायीको हितसाधन हुनेगरी आफूले सेतो अण्डाको आयात रोक्न प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको र त्यसअनुरूप कामसमेत भएको भन्दै भारतीय पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन भारतीय नम्बर प्लेटका सवारीसाधनको नेपाल प्रवेशलाई सरल बनाउन सम्बद्ध निकायहरूसँग सहकार्य गरिने पनि प्रस्ट्याए । मुख्यमन्त्री सिँहले उद्योग तथा कलकारखाना लगायत अन्य पूर्वाधार आदि विकासका लागि जग्गा व्यवस्थापन गर्न प्रदेश सरकारले गुठी ऐन ल्याउन लागेको भन्दै पर्यटन विकासका लागि मिनि क्यासिनो सञ्चालन गर्ने अनुमति दिने अधिकार प्रदेश सरकारसँग भए पनि सञ्चालनमा रहेका क्यासिनोको अनुुभव दुःखद रहेको बताए । उनले भने, ‘वीरगन्जका दुई क्यासिनोका कारण धेरै नेपालीको उठिवास भएको छ । प्रदेश सरकारले नियमन गर्न खोजिरहँदा ती क्यासिनोले सहयोग गरिरहेका छैनन् ।’उनले नेपाली नागरिकलाई बिचल्ली बनाउने क्यासिनोमा ताल्चा लगाए गुनासो नगर्न उद्योगी व्यावसायीलाई आग्रह गरे ।

उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले उद्योग व्यवसाय, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सार्वजनिक वित्त लगायत क्षेत्रको विकासका लागि मधेश प्रदेशको स्थिति अनुकूल भए पनि बजेटको प्राथमिकता र कार्यान्वयन प्रक्रियाको तीव्रता अभावमा अन्य प्रदेशको तुलनामा मधेश प्रदेश आर्थिक सूचकांकमा कमजोर हुन पुगेको बताए । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्थिर आर्थिक नीतिबाट नेपाली तथा विदेशी लगानीकर्ताको हित सुनिश्चितता, आवश्यक कानुन निर्माण, प्रोजेक्ट बैंकको पूर्णता र लगानी प्राधिकरणजस्ता व्यवस्था एवम् संरचना बनाई उद्योग व्यवसाय प्रवद्र्धन गरिनुपर्ने बताए । कार्यक्रममा प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग तथा पर्यटन मन्त्री सकिल मियाँ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत उद्योगी व्यावसायीको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक अभियान दैनिकका ओमप्रसाद खनालले मधेश समृद्धि शृंखला शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा प्रादेशिक अर्थतन्त्रको वर्तमान स्थिति, चुनौती र अवसर समेटिएका थिए ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

भारत तस्करी हुँदै गरेको ४ किलो गाँजासहित नेपाली युवक पक्राउ, ६० बोरा मकै बोकेको बोलेरो बरामद 

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

अख्तियारद्वारा राहदानी विभागमा छापा

आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!