nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ६, २०८२, ११:४० बिहान
अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

सियोल/जेठ ६ गते। दक्षिण कोरियाको जेजु टापुमा विश्वका केही बहादुर महिलाहरू बस्छन्, जसलाई ‘हेनियो समुदाय’ भनिन्छ । उनीहरूमा खास यो क्षमता छ कि उनीहरू बिना अक्सिजन सिलिन्डर घण्टौंसम्म समुन्द्रमा डुब्न सक्छन्।

खासमा तिनीहरू हिउँको पानी मुनी प्रवेश गर्छन्, गहिराइमा पुग्छन् र समुद्री शैवाल, शंखको गोला, ओइस्टर, माछा र एबलोन (एक प्रकारको समुद्री शंख) बाहिर निकालिरहेका छन । यो चलन शताब्दीयौं पुरानो भए पनि आज पनि ६० देखि ८० वर्षसम्मका महिलाले यसलाई दैनिक पालना गरिरहेका छन् ।

तर, अहिले  वैज्ञानिकहरूले यी महिलाहरूको असाधारण साहस र क्षमताको रहस्य पत्ता लगाएका छन्। तिनीहरूको डिएनएमा लुकेको एक अद्वितीय आनुवंशिक अनुकूलन छ, जसले तिनीहरूलाई सामान्य मानिसहरू भन्दा पूर्ण रूपमा फरक बनाइरहेको छ ।

सेल रिपोर्ट्स साइन्टिफिक जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार ‘हेनियो’ महिलाको शरीरमा दुईवटा प्रमुख आनुवंशिक उत्परिवर्तन भएको पाइएको छ । यसले उनीहरूलाई साधारण मानिसभन्दा लामो समयसम्म समुद्रमा बाँच्न सक्ने शक्ति दिइरहेको छ।

पहिलो अनुकुलनः यी महिलाहरूमा अरू मानिसहरू भन्दामा एक जीन भिन्नता फेला परेको छ, जसले पानीमा डुबुल्की मार्दा रक्तचाप स्थिर राख्छ। यसबाट उनी आफूलाई सुरक्षित मात्र राख्दैनन् तर गर्भावस्थामा रहेको उनको बच्चाको स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छैन ।

दोस्रो अनुकूलनः दोस्रो अनुकूलनले चिसोले गर्दा हुने पीडालाई सहन सक्ने असाधारण क्षमता उनीहरूसँग छ । चिसो हावा, तापक्रम झन्डै शून्य डिग्री सेल्सियसमा झर्दा पनि यीनीहरूमा  खासै असर पर्दैन । जब वैज्ञानिकहरूले उनीहरूलाई हिउँ परेको मौसममा पनि डाइभिङ गरिन्छ कि गरिन्न भनेर सोधेका थिए, उनीहरूको जवाफ थियो, ‘हावाको अलार्म बज्दासम्म हामी समुन्द्रमा डुबि रहन सक्छौं ।’

खासमा जेजु टापु दक्षिण कोरियाको मुख्य भूमिबाट करिब ८० किलोमिटर टाढा रहेको छ। त्यहाँका ‘हेनियो’ नारीहरू स्थानीय संस्कृतिका प्रतीक हुन्। वैज्ञानिक भन्छन् कि जेजु बोलीमा छोटो वाक्य र द्रुत सञ्चार शैली सम्भवतः चाँडो विकसित भएको हुन सक्छ किनभने महिला गोताखोरहरू सतहमा आएपछि छिट्टै एक अर्कासँग चाँडै कुराकानी गर्न सक्छन्।

कतिपय ‘हेनियो’ महिला गर्भवति हुदाँ पनि डुब्ने क्षमता राख्छन् जबकी यो अवस्था ‘प्रिक्लाम्पसिया’ जस्ता रक्तचाप सम्बन्धी जटिलताहरूको लागि धेरै संवेदनशील मानिन्छ। तैपनि, यी महिलाहरू गहिराइमा झर्छन्, घण्टौंसम्म सास रोक्न सक्छन् र बिना थकान फर्किन्छन्।

वैज्ञानिकहरू विश्वास गर्छन् कि ‘हेनियो’ महिलाहरूको शक्ति उनीहरूको डीएनएमा मात्र नभई उनीहरूको जीवनभरको कडा परिश्रम र अभ्यासमा पनि रहेको छ। जब एक औसत व्यक्ति डुबुल्की मार्छ, उसको मुटुको धड्कन प्रति मिनेट औसत २० बीटले घट्छ। तर एक प्रशिक्षित हेनियो गोताखोरको मुटुको धड्कन दुई गुणा ढिलो हुन सक्छ, यसको मतलब उसले आफ्नो शरीरको अक्सिजन धेरै कुशलतापूर्वक प्रयोग गरिरहेको छ।

यही कारणले गर्दा यी वृद्ध महिलामा स्ट्रोक र उच्च रक्तचाप जस्ता रोगको दर निकै कम देखिएको छ । यसले यो पनि संकेत गर्दछ कि उनीहरूको डीएनएले भविष्यमा उच्च रक्तचाप वा स्ट्रोकसँग सम्बन्धित रोगहरूको उपचारमा नयाँ दिशाहरू प्रदान गर्न सक्षम रहेका छन् ।

युटा युनिभर्सिटीकी आनुवंशिकी अनुसन्धानकर्ता मेलिसा इलार्डो भन्छिन्, ‘यदि हामीले यी महिलाहरूको यो अद्वितीय क्षमताले कसरी काम गर्छ भनेर बुझ्न सक्यौं भने हामी उच्च रक्तचाप वा स्ट्रोक जस्ता रोगहरूको उपचारमा विश्वभरका मानिसहरूलाई मद्दत गर्न सक्छौं।’

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!