nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३०, २०८२, ८:४६ मध्यान्ह
जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख ३० गते। आसमान नेपालको आयोजना जनकपुरधाममा मधेश प्रदेश सभाका माननीय सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी एकदिने छलफल सम्पन्न भएको छ।

सो कार्यक्रम “विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन” विषयमा केन्द्रित थियो, जसमा प्रदेशस्तरीय नीति निर्माणकर्ताहरू, जनप्रतिनिधिहरू तथा विपद् व्यवस्थापनमा संलग्न सरोकारवालाहरूको सक्रिय सहभागिता रह्यो।

कार्यक्रममा प्रख्यात विपद् व्यवस्थापन विज्ञ गंगालाल तुलाधरले मुख्य प्रस्तुती दिएका थिए। उनले नेपालको वर्तमान विपद् जोखिम अवस्थिति, अन्तर्राष्ट्रिय अभ्यास, रणनीतिक योजना, र समुदायस्तरमा गरिनुपर्ने तयारीसम्बन्धी विषयहरूमा सूक्ष्म विश्लेषण प्रस्तुत गरे। तुलाधरले जलवायु परिवर्तन, बाढी, डुबान, आगलागी, खडेरीजस्ता प्रमुख जोखिमहरूको प्रभाव र न्यूनीकरणका उपायबारे स्पष्ट जानकारी दिँदै, नीतिगत तहमा आवश्यक सुधारका प्रस्तावहरू पनि प्रस्तुत गरे।

छलफल कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख माननीय रामचन्द्र मण्डलको प्रमुख आतिथ्यता थियो। उनले मन्तव्य दिँदै भने, “विपद् न्यूनीकरण र प्रभावकारी व्यवस्थापन कुनै एक निकायको मात्र काम होइन। यसमा सरकार, समुदाय, र नीति निर्माताबीचको समन्वय अत्यन्त जरुरी छ। प्रदेशसभा यस कार्यमा सकृय भूमिका खेल्न प्रतिबद्ध छ।”

कार्यक्रममा मधेश प्रदेश सभाका माननीय सदस्यहरू भाग्यश्री चौधरी, ललिता दास, र किरण साहसहित अन्य सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले आ-आफ्नो धारणा राख्दै मधेश प्रदेशमा बारम्बार हुने बाढी, डुबान, चुरे क्षेत्रको कटान, आगलागी, र स्वास्थ्य संकटहरूसँग जुध्न दीर्घकालीन योजना, पूर्वतयारी, जनचेतना अभिवृद्धि तथा स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

छलफलमा सहभागी जनप्रतिनिधिहरूले प्रदेशसभाले विपद् न्यूनीकरणसम्बन्धी विशेष कानूनी संरचना, नीति निर्माण र बजेट व्यवस्थापनमा अब थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि, तथा संचारकर्मीहरूको समेत उपस्थिति थियो।

कार्यक्रमको समापनमा आगामी दिनमा अझ बढी सहभागीमूलक तथा कार्यान्वयनमुखी छलफल तथा तालिम कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

 

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!