nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १७, २०८२, २:२८ मध्यान्ह
श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

बैशाख १७ गते। श्रम तथा रोजगार कार्यालय जनकपुरधामले पाँच जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको छ ।

 

मंगलबार धनुषाको लक्ष्मीनियामा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले सो जानकारी दिएका हुन् । उनका अनुसार ‘धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाका नागरिकहरूका लागि वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रवाह गर्दै आएको कार्यालयले चालु आर्थिक वर्षमा संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः श्रम स्वीकृति गरी कुल ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिइएको छ ।’

श्रमिक अधिकार र सुरक्षाको विषयमा ४६ वटा श्रम सम्बन्धी उजुरी दर्ता भएकोमा त्यसमध्ये अधिकांशको समाधान भइसकेको छ भने बाँकी उजुरी पनि चालु आवको अन्त्यसम्ममा टुंगो लगाउनका साथै, कार्यालयले ११२ वटा उद्योग प्रतिष्ठानको निरीक्षण गरी श्रम ऐन कार्यान्वयनको स्थिति अनुगमन गरेको उनले बताए । श्रम ऐन २०७४, श्रम नियमावली २०७५, बालश्रम नियन्त्रण तथा सामाजिक सुरक्षासम्बन्धी ऐनहरूको कार्यान्वयनमा निरन्तर सक्रिय भएपनि तर, सीमित जनशक्ति, स्रोत साधनको अभाव र श्रमिक–रोजगारदाता दुवै पक्षमा चेतनाको कमीले प्रभावकारी रूपमा काम गर्न अवरोध भइरहेको छ ।

सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण भएको र विशेषगरी साना तथा मझौला उद्योगहरूमा कानुनी दायित्व पालना गर्ने प्रवृत्ति कमजोर देखिएको तथ्य उनले कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यालयले प्राप्त गरेका केही उल्लेखनीय उपलब्धिहरूको जानकारी दिएको थियो । एभरेष्ट पेपर मिल्स प्रालिमा देखिएको श्रम विवाद त्रिपक्षीय छलफलमार्फत समाधान गरिएको, श्रम अदालतका फैसलाहरू कार्यान्वयन गरिँदै तीनवटा उद्योग प्रतिष्ठानका बैंक खाता तथा अचल सम्पत्तिहरू रोक्का गरिएको र आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न गरिएको उल्लेख गरिएको थियो ।

साथै, चालु आवमा ११२ वटा बाल श्रम निरीक्षण, ११८ वटा श्रम अडिट र श्रमिक तथा रोजगारदाता लक्षित सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरू सम्पन्न गरिएका छन् । कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रणाली अनलाइन माध्यमबाट उपलब्ध गराइएको पनि जानकारी दिइएको छ ।

कार्यक्रममा श्रम प्रशासनसम्बन्धी केही चुनौतीहरू पनि उल्लेख गरिएको थियो जसमा विशेषगरी निरीक्षण र अनुगमनमा प्रभावकारिता नहुनु, अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरूको सुरक्षाको प्रत्याभूति नहुनु र कानुनी जानकारीको अभाव प्रमुख रहेको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!