nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नागरिक सम्मानको नयाँ परिपाटी मन्त्री यादवद्वारा ज्येष्ठ नागरिकबाट शिलान्यास

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २, २०८२, २:१६ मध्यान्ह
नागरिक सम्मानको नयाँ परिपाटी मन्त्री यादवद्वारा ज्येष्ठ नागरिकबाट शिलान्यास

जनकपुरधाम/वैशाख २ गते । मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले एक योजनाको आफै शिलान्यस नगरी ज्येष्ट नागरिकबाट शिलान्यस गराई उदाहरणीय परिपाटीको अभ्यास थालेका छन् ।

कुनै कार्यक्रमको प्रमुख अतिथि बन्न, उद्घाटन तथा शिलान्यासको श्रेय लिन जनप्रतिनिधिहरुबीच एक आपसमा होडबाजी र मारामार गर्ने प्रक्रियालाई तोड्दै मन्त्री यादवले कुनै पनि योजनाको शिलान्यास आफै नगरी समाजसेवी तथा ज्येष्ठ नागरिकबाट गराउने परिपाटीको शुरुवात गरेका छन् ।

आइतवार नयाँ वर्षको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित कवर्ड हल नजिक निर्माण हुन लागेको डिलक्स सार्वजनिक शौचालयको शिलान्यास मन्त्री यादवले आफैं नगरी स्थानीय ज्येष्ठ नागरिक तथा समाजसेवी योगेन्द्र रायबाट गराएका हुन् । हिन्दू वैदिक विधिअनुसार पूजापाठसहित सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री यादवले आफ्नो स्थानबाट नै सम्मानजनक उपस्थित जनाउँदै शिलान्यासको कार्य रायमार्फत गराए ।

शिलान्यास आफैं नगरेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री यादवले भने, “हामी जनप्रतिनिधिको प्रमुख कार्य नीतिगत योजना निर्माण र बजेट सुनिश्चितता गर्नु हो । काम जनताको हितको लागि हो भने त्यसमा श्रेय लिन होइन, सम्मानपूर्वक सहभागी गराउनु महत्त्वपूर्ण हुन्छ । नागरिकको सहभािगता मात्र नभई उहाँहरुलाई हाम्रै काम हो भन्ने दायित्व र जिम्मेवारी बोध गराउन उद्देश्य सहित हरेक नागरिकलाई सम्मानको परिपाटी बसाल्न ज्येष्ठ नागरिकबाट आज शिलान्यस गराइएको हो ।

मन्त्री यादवले थप्दै भने, “बजारमा किनमेल गर्न आउने सर्वसाधारण, कवर्ड हलमा खेल हेर्न आउने दर्शक तथा मणि मण्डपमा दर्शन तथा विश्राम गर्न आउने श्रद्धालुहरुलाई शौचालयको निकै अभाव रहेको आवश्यकताको दृष्टिगत गरी मधेश सरकारले प्राथमिकताको आधारमा यहाँ डिलक्स शौचालय निर्माण गर्न लागिएको हो ।

मन्त्री यादवको यो कदमलाई स्थानीय बासिन्दाले उदाहरणीय बताउँदै अन्य नेताहरुलाई पनि यस्तै कार्यशैली अपनाउन आग्रह गरेका छन् । शिलान्यासको अवसरमा प्रतिक्रिया दिँदै समाजसेवी रायले भने, “यो मेरो लागि गर्वको विषय हो । मन्त्रीज्यूले मबाट यो कार्य गराउनु उहाँको उदार दृष्टिकोण हो । यो कार्य अन्य जनप्रतिनिधिका लागि पनि सिक्ने अवसर हो ।”
कार्यक्रमका अध्यक्षता गरेका वडाध्यक्ष जीतबहादुर राउतले यो सार्वजनिक शौचालयको निर्माणले यहाँको विकासमा ठूलो योग्दान पुगेको बताए । उनले भने यहाँ बजार गर्न आउने स्थानीय, खेल हेर्न आउने दर्शक र मणि मण्डपमा दर्शन गर्न आउने श्रद्धालुलाई शौचालय कहाँ गर्न जाने भन्ने निकै समस्या हुन्थ्यो । त्यसले जताततै फोहर समेत हुने गरेको थियो । तर अब यो शौचालय निर्माणले धेरै ठूलो समस्याको समाधान हुन्छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको बजेटबाट करिब ३० लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त सार्वजनिक शौचालयमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै छ–छ वटा शौचालय, दुईवटा पिशाब घर, र दुईवटा स्नानगृह रहने जानकारी समेत उनले दिएका छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!