जनकपुरधाम/चैत २९ गते। जसपा,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा स्वच्छ पत्रकारिता देशको आधार स्तम्भ रहेको कुरा बताउंनु भयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रेस मंच नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनको सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले स्वच्छ ,निष्पक्ष र निर्भीक पत्रकारिता ले गणतन्त्र संस्थागत र संघीयता बलियो हुने कुरा बताउंनु भयो।
नेपाल पत्रकार महासंघ धनुषा का पुर्व अध्यक्ष समेत रहि सकेका समाजवादी नेता यादवले संघीय संरचना ,शासकीय स्वरुप , निर्वाचन प्रणाली ,जन संख्या को आधारमा समानुपातिक सहभागिता,समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण सहितका महत्त्वपूर्ण मागलाई समावेश गरि संविधान संशोधन गर्ने विषयमा पत्रकारले निर्भिकाता का पत्रकारिता गर्नुपर्ने सुझाव दिनु भयो ।
सो कार्यक्रमका विशिष्ट अतिथि जसपा,नेपालका केन्द्रीय सदस्य ,जनकपुरधामका पुर्व नगर प्रमुख लालकिशोर साहले विगतको समयमा पनि पत्रकारले क्रर पंचायती शासन व्यवस्थालाई ध्वस्त पार्न मा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोे कुरा स्मरण गराउंनु भयो । प्रेस मंच नेपालका धनुषा अध्यक्ष अर्जुनकुमार मंडलको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जसपा,नेपालका केन्द्रीय सदस्य जीतेन्द्र यादव ,प्रेस मंच नेपालका प्रदेश अध्यक्ष अमरेन्द्र यादव,आम संचार मिडिया प्राधिकरण का नि वर्तमान अध्यक्ष श्यामसुन्दर यादव ,नेपाल पत्रकार महासंघका अध्यक्ष पुरण साह,प्रेस मंच का प्रदेश उपाध्यक्ष रामह्रदय यादव,महासचिव बन्दना झा ,पत्रकार विकास साह सहित का वक्ताहरूले विचार व्यक्त गरेका छन।




















Discussion about this post