चैत २५ गते। मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि स्वास्थ्यकर्मीहरूले धर्ना दिएका छन्। सोमबार ‘सिनियर अहेब तथा अनमी पाँचौं तह संघर्ष समिति’ले स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा त्रुटि रहेको भन्दै तीन बुँदे संशोधनको मागसहित धर्ना दिएको हो।
संघर्ष समितिले स्वास्थ्य सेवामा पहिलो तह चौथो भएकोले खुला प्रतिस्पर्धाबाट शतप्रतिशत पदपूर्ति हुनुपर्ने, ऐनको दफा २ संशोधन गर्नुपर्ने तथा विगतमा दिइँदै आएको दुई तह स्तरवृद्धि निरन्तर पाउनुपर्ने माग अघि सारेका छन्।
ध्यानाकर्षणका लागि पटकपटक पहल गरे पनि सरकारको तर्फबाट कुनै सुनुवाइ नभएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको समितिको भनाइ छ। मधेश प्रदेश सरकारले गत भदौ ७ गते प्रदेश राजपत्रमा स्थानीय सेवा सम्बन्धी ऐन प्रकाशित गरेको थियो।














Discussion about this post