जनकपुरधाम/चैत १८ गते। जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ११ को आयोजनामा ज्येष्ठ नागरिक तथा अपांगहरूको सम्मान कार्यक्रमसहित निःशुल्क आँखा शिविरको उद्घाटन गरिएको छ।
कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्ष अर्जुन चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि उपस्थित थिए। शिविरमा स्थानीय वार्डवासी, विभिन्न तहका राजनीतिक दलका नेतागण तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ज्येष्ठ नागरिक तथा अपांग व्यक्तिहरूलाई सम्मान गर्दै उनीहरूको स्वास्थ्य र अधिकारप्रति ध्यान दिनुपर्नेमा जोड दिइयो।
स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजित निःशुल्क आँखा शिविरमा दर्जनौँ नागरिकहरूले जाँच गराएका थिए। शिविरमा विशेष गरी ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिइएको थियो। कार्यक्रमले सामाजिक सद्भाव र स्वास्थ्य सेवाप्रतिको जनचेतनालाई प्रवर्द्धन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

















Discussion about this post