nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडकले दिए पुगेको सिफारिस

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०८१, १०:१२ बिहान
नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडकले दिए पुगेको सिफारिस

मुकेश कुमार यादव/सिरहा चैत १४ गते। नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडक डिभिजन कार्यालय सिरहाले दूरि पुगेको सिफारिस गरेको पाईएको छ।

नेपाल आयल निगमको बिराटनगर स्थित प्रादेशिक कार्यालय,सडक डिभिजन लहान, नापी कार्यालय लहानसमेतले भगवती ट्रेड सेन्टरका लागि दूरि नपुगेपनी मिलोमतोमा पुगेको सिफारिस गरेको तथ्य बहिरिएको हो ।

यी कार्यालयहरुले दिएको सिफारिसमा सखुवानन्कारकट्टी गाउँपालिका ३ मा रहेको एसपी आयल स्टोरदेखि नयाँ खोल्न लागिएको पम्प नवराजपुर गाउँपालिका १ भगवतिपुर तामासुइया सम्मको दूरि १० किलोमिटर एक सय मिटर रहेको उल्लेख गरिएको छ ।

नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ विक्रेता विनियमावलि २०७५ को नियम १४ को १ (ग) मा एउटा नमूना पेट्रोल पम्पको विक्री स्थलबाट अर्को नमूना पेट्रोल पम्पको विक्री स्थलसम्मको दूरि दश किलोमिटर अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

पम्पका लागि दूरि मापन गर्दा भरपर्दो साधन प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ । तर, ती कार्यालयहरुले भने मोटरसाईकल र कारले नै दूरि नापेका थिए ।

दूरि नपुगे पनी पुगेको सिफारिस गरेपछी एसपी आयल स्टोरले ओडो मिटर लिएर दूरि नाप्दा सञ्चालित पम्प र खोल्न लागिएको नयाँ पम्पको दूरि ९.६८ किलोमिटर मात्रै पुगेको छ ।

तर, सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा सो पम्पका लागि दूरि नपुग्दा पनि दूरि पुगेको सिफारिस दिइएकोले आर्थिक चलखेल भएको पुष्टि हुन्छ।

सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले पनि कार र मोटरसाइकलले दूरि नापेको स्वीकार गरे । सडक डिभिजन कार्यालयबाट दूरि पुगेको भन्दै फागुन ८ मा दिइएको सिफारिसमा कार्यालयका इन्जिनियर संजीव कुमार दासको हस्ताक्षर छ ।

नापी कार्यालय, लहानले पनि मोटरसाइकल लिएर नाप गरेको जनाइएको छ । फागुन १८ मा नाप पुगेको सिफारिस दिने कार्यालयका कर्मचारी इन्द्रनारायण यादव भन्छन्, ‘हामीसँग नाप्ने अन्य श्रोत साधन छैन, त्यसैले मोटरसाइकलले नै नाप्यौं, हामीभन्दा पहिल्यै सडकले सिफारिस दिएको थियो, त्यसलाई पनि आधार मानेर सिफारिस दियौं ।’

तर, ती कार्यालयबाट दूरि नाप जाँचका लागि आएका कर्मचारीहरुले पनि ओडो मिटर लिएर नापेको स्थानिय रुपचन्द्र यादवले बताए। उनले भने, ‘दूरि नपुगेपछि मोटरसाइकल र कारले नापेका थिए । मोटरसाइकल र कारले नाप्दा पनि दूरि नपुगेको र तर केही समयपछि दूरि पुगेको भनेर सिफारिस दिइएको सुनेको बताए ।’

सडक डिभिजन लहान हेर्ने झापाको दमकस्थित संघीय सडक अनुगमन तथा निरीक्षण कार्यालयका प्रमुख विनोद मौवारले दूरि नपुगेको खण्डमा त्यसरी सिफारिस दिन मिल्दैन। आफूले यस विषयमा थप बुझ्ने प्रतिक्रिया दिए ।

यस विषयमा दूरि नपुग्दा पनि पुगेको सिफारिस दिइएको भन्दै एसपी आयल स्टोरको तर्फबाट फुलोदेवी यादवले फागुन १८ मा नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग, टेकुमा उजुरी पनि दिएका छन् ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय, बिराटनगरका प्रमुख पुष्कर कार्कीले उजुरी आइसकेपछि आफू पनि यस विषयमा थप बुझिरहेको बताए ।

नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म दूरि पुगेको भन्ने कुरा नै आएको र नपुगेको खण्डमा पम्पलाई विक्रेता नियुक्त नगरिने बताएका छन् । ‘अहिलेसम्म हामीसँग दूरि पुगेको भन्ने नै छ,’ उनले भने, ‘यदि पुग्दैन भने पम्प हुँदैन ।’

नयाँ खोल्न लागिएको नमूना पम्पका सञ्चालक हुन्, नवराजपुर गाउँपालिका १ का धनपति दास । उनी नेपाल आयल निगमकै कर्मचारी रहेका चितरञ्जन दासका बुवा हुन् । चितरञ्जनसहित धनपतिका अन्य तीन छोरा पनि सरकारी जागिरे नै छन् ।

उनीहरुले दबाब प्रभाव र आर्थिक चलखेल गरेर पम्प खोलिरहेको स्थानीयहरु बताउँछन् । ‘एउटा छोरा आयल निगममै छन्, अन्य तीन पनि जागिरमै छन्, बुवालाई सञ्चालक राखेर जागिरमा कमाएको कालो धन पेट्रोल पम्पमा खन्याएर सेतो बनाउन खोज्दैछन्,’ एक स्थानीय भन्छन्, ‘पम्प खोल्न पनि व्यापक आर्थिक चलखेल भएको छ। कार्यालयपिच्छे नै लाखौं खर्च गरिएको छ ।’

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि