जनकपुरधाम/गिरिजानन्द साह/चैत १ गते। जनकपुरधामको श्री महाबीर युवा कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। शुक्रबार कमिटिको सभाहलमा सम्पन्न कार्यक्रममा कमिटीका नवनिर्वाचित अध्यक्ष दिपक साह मिन्टूको अध्यक्षता रहेको थियो।
कार्यक्रममा कमिटिका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, सदस्यहरू तथा विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। उपस्थित सहभागीहरूले एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरेका थिए। रंग र उमंगको पर्वका रूपमा मनाइने होलीको अवसरमा उपस्थित व्यक्तिहरूले उल्लासपूर्वक रंग लगाएर खुशीयाली व्यक्त गरेका थिए।
होली मिलन समारोहले समाजमा सद्भाव र भाइचाराको भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा सहभागीहरूले संगीत, नृत्य र शुभकामना आदान-प्रदान गर्दै पर्वको आनन्द उठाएका थिए।
श्री महाबीर युवा कमिटिले यस प्रकारका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ। कार्यक्रमका आयोजकहरूले सफलतापूर्वक सम्पन्न भएको यस कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ व्यापक र प्रभावकारी कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो उत्सवमय माहोलले उपस्थित सबैलाई उल्लासित बनाएको थियो भने अन्त्यमा सामूहिक भोजको समेत आयोजना गरिएको थियो।
Discussion about this post