जनकपुरधाम/गिरिजानन्द साह/चैत १ गते। मिथिलाञ्चलमा जारी १५ दिने मध्यमा परिक्रमा अन्तर्गत जनकपुरधाम आइपुगेका तिर्थालुहरुलाई जनकपुरधाम घरजग्गा व्यवसायी संघले पानीको बोतल र फलफूल (अङ्गुर) वितरण गरेको छ।
संघका अध्यक्ष रन्जित कुमार पन्जियारका अनुसार, वितरण कार्यक्रम बिहान ५ बजेबाट सुरु गरिएको थियो। “व्यावसायिक गतिविधिसँगै सामाजिक कार्यमा पनि योगदान पुर्याउने हाम्रो उद्देश्य हो,” अध्यक्ष पन्जियारले बताए।
उक्त परिक्रमा मिथिलाञ्चलको महत्वपूर्ण धार्मिक परम्पराको हिस्सा हो, जसमा हजारौं तिर्थालु सहभागी हुन्छन्। यो पदयात्रा विशेषगरी जनकपुरधामबाट सुरु भई मिथिलाञ्चलका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्दै सम्पन्न हुन्छ।
आज बिहानै जनकपुरधामको अन्तगृह परिक्रमा सम्पन्न गरेपछि यस वर्षको मध्यमा परिक्रमा सम्पन्न भएको छ।। जनविश्वास अनुसार, यस परिक्रमा यात्रामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने मान्यता रहिआएको छ।
जनकपुरधाम घरजग्गा व्यवसायी संघले यस किसिमको सामाजिक कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। संघले व्यावसायिक हितका साथै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा महत्व दिने जनाएको छ।
यस कार्यले परिक्रमामा सहभागी तिर्थालुहरूमा उत्साह थपेको छ। तिर्थालुहरूले संघप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सेवाले यात्रामा सहजता प्रदान गरेको बताएका छन्।
Discussion about this post