गिरिजानन्द साह/जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाम घर जग्गा व्यवसायी संघद्वारा आयोजित होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। संघले सोमबार जनकपुर जेसिजको हलमा भव्य होली मिलन कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रम जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्ष रञ्जित पजियारको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा संघका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने संघका पदाधिकारीहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै होलीलाई रङहरूको पर्व भनिन्छ, जसमा मानिसहरू एकअर्कालाई रङ र अबिर लगाएर खुसी मनाउँछन भन्दै मेयर साहले असत्यमाथि सत्यको विजयको प्रतिक भक्त प्रह्लाद र होलिकासँग सम्बन्धित छ, जसले असत्यमाथि सत्यको विजय दर्शाउँछ भन्दै होली पर्वको सकारात्मकता सन्दर्भमा प्रकाश पारेका थिए।
समारोहमा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो, जसमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १६ का अध्यक्ष रामचन्द्र पजियार, उद्योग वाणिज्य संघ मधेश प्रदेशका उपाध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्षीय सल्लाहकार अम्भु प्रसाद साह, जनकपुर जेसिज वर्ष २०२५ का अध्यक्ष मुकेश कुमार साह,टुरिष्ट गाइड जनकपुर धामका प्रतिनिधि विक्रम साह लगायत पत्रकार तथा संघका पदाधिकारीहरू सहभागी थिए।

कार्यक्रम अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले एकअर्कालाई रङ अबिर लगाएर होलीको शुभकामना आदान-प्रदान गरेका थिए। यो समारोहले व्यवसायीहरूबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।





















Discussion about this post