गिरिजानन्द साह/महोत्तरी/फागुन २३ गते। महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गरेका छन्।
करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको तीन तल्ले यो आधुनिक भवन नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि निर्माण गरिएको हो। भवनको शिलान्यास २०७७ साल कात्तिक १० गते तत्कालीन मेयर संजय कुमार सिंहले गरेका थिए।
समुद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू,नगरपालिकाका कर्मचारीहरु,पत्रकार , नागरिक समाजका अगुवाहरू तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
पूर्वप्रधानमन्त्री देउवाले भवन उद्घाटन गर्दै स्थानीय शासनको प्रभावकारिता बढाउन यस्ता पूर्वाधारको आवश्यकता रहेको उल्लेख गरे। साथै, उनले स्थानीय तहलाई सक्षम बनाउने कार्यमा सबै पक्षले सहयोग गर्नुपर्ने बताए।
नगर प्रमुख तथा अन्य वक्ताहरूले प्रशासकीय भवनले नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।















Discussion about this post