गिरिजानन्द साह/जनकपुरधाम/फागुन २० गते। प्लास्टिक मुक्त अभियानलाई अघि बढाउने उद्देश्यले जनकपुरधाम-१३ स्थित श्री राजर्षि जनक माध्यमिक विद्यालयमा एकदिवसीय कार्यशाला तथा इको क्लब गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम ब्रिटिश काउन्सिलको सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रममा ३५ जना भन्दा बढी विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यशालामा जलवायु परिवर्तन, प्लास्टिक प्रदूषण तथा इको क्लबको भूमिकाबारे विशेष प्रशिक्षण दिइयो। विद्यार्थीहरूलाई प्लास्टिकको असर तथा वातावरण संरक्षणका उपायहरूबारे जानकारी गराउँदै उनीहरूलाई वातावरणमैत्री पहलमा संलग्न गराउने लक्ष्य राखिएको थियो।
यस अवसरमा २४ सदस्यीय इको क्लब गठन गरिएको छ। जसले विद्यालयस्तरमा वातावरणीय संरक्षण तथा प्लास्टिक न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। इको क्लबले विद्यालय तथा स्थानीय समुदायमा सचेतनामूलक गतिविधिहरू आयोजना गर्दै प्लास्टिक मुक्त वातावरण निर्माणमा योगदान पुर्याउनेछ।
कार्यक्रमको अध्यक्षता प्लास्टिक फ्री क्याम्पेनका प्रतिनिधि बिकास साहले गर्नुभएको थियो। साथै, वडा सदस्य नीतु मलिक, विद्यालयका प्रधानाध्यापक, नेपाल डेभलपमेन्ट सोसाइटी, NYCA जनकपुरधाम तथा युवाह संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्थाहरूले सहभागी विद्यार्थी, प्रशिक्षक तथा साझेदार संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्। हरियाली भविष्य निर्माण गर्ने लक्ष्यसहित यो अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
























Discussion about this post