गिरिजानन्द साह/माघ २६ गते। आज (शनिबार) एक विशेष समारोह बीच जनकपुरधामस्थित ऐतिहासिक राम मन्दिरको दक्षिण प्रवेशद्वारको शिलान्यास सम्पन्न भएको छ।
अनुमानित करिब डेढ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रवेशद्वारको शिलान्यास मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्त रूपमा गरेका छन्। प्रवेशद्वार निर्माणका लागि ५० लाख रुपैयाँ ठाकुरको संसदीय कोषबाट, ५० लाख जनकपुरधाम उपमहानगरपालिकाबाट र बाँकी ५० लाख प्रतिनिधि सभा सदस्य मनीष झाको समन्वयमा शहरी विकास मन्त्रालयबाट जुटाइएको छ।
महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले यस विकासका लागि डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भइसकेको र प्रवेशद्वारसँगै राम मन्दिरको पूर्वतर्फ रहेको पार्कको विकासका लागि पनि जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख रुपैयाँको बजेट छुट्याएको जानकारी दिएका छन्। यो नयाँ संरचनाले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
शिलान्यास समारोहमा माननीय मनिष झा ,राम मन्दिरका महन्थ राम गिरी, वडा नम्बर–४ का कार्यबाहक अध्यक्ष महेश कुमार साह, महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ता, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण गुप्ता,माँ जानकी यातायात प्रा.लि.का अध्यक्ष मनोज कुमार चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य राकेश बिक्रम साह,जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीतेन्द्र महासेठ, पूर्वबरिष्ठ उपाध्यक्ष मनिष रमण साह,पूर्व अध्यक्ष ललित साह, श्री राम युवा कमिटिको पूर्व अध्यक्ष प्रमोद चौधरी,अध्यक्ष सरोज साह ,पूर्व अध्यक्ष राम बाबु साह ,मारवाडी सेवा समिति को अध्यक्ष निर्मल चौधरी, पूर्व मेयर बजरंग साह, गों संरक्षण मंच अध्यक्ष जगदीश महासेठ, वार्ड न ५ को अध्यक्ष बेचन साह, विश्व हिन्दु परिषद धनुषा को नगर अध्यक्ष सन्तोष कुमार साह र श्री महावीर युवा कमिटिको पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, बोर्डको पदाधिकारी, सदस्य ज्यू र जनकपुरधमको अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
Discussion about this post