जनकपुरधाम/माघ २३ गते। अमित झा स्मृति साहित्य, संगित पुरुस्कार गुरुदेव कामतको परिवारले पाएका छन् । विहीवार जनकपुरधाम साहित्य महोत्सवको ६ औं संस्करणको शुभारम्भमा संगितकार कामतको श्रीमती सगुनवती देवी कामतलाई पुरुस्कार हस्तान्तरण गरिएको हो ।
मुख्यमन्त्री सतिश कुमार सिंह र अमितको बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार राशीको पुरुस्कार कामतको श्रीमतीलाई दिइएको हो । नव मिथिला फाउण्डेशनको आयोजनामा आज (विहीबार)देखि तीन दिवसिय जनकपुरधाम साहित्य महोत्सवको ६ औं संस्करण सुरु भएको छ । भारतबाट संगितमा स्नात्तक गरेका कामत गत साउनमा मृत्युवरण गरेका थिए । प्रवल जनसेवा श्री लगायत पुरुस्कारबाट समेत सम्मानित भइसकेका कामत राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।
त्यस्तै, अर्का संगितकार अशोक दत्तलाई समेत ५१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ । संगित क्षेत्रमा उल्लेखनिय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् । उनको उपचारर्थका लागि सहयोग गरिएको छ ।
Discussion about this post