गिरिजानन्द साह/माघ १६ गते। मधेश प्रदेश सभाको सातौं वार्षिकोत्सव समारोहको अवसरमा चार दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन सरसफाई कार्यक्रम सम्पन्न भएको छ। ‘स्वच्छ जनकपुरधाम’को सन्देशलाई प्रवर्द्धन गर्दै प्रदेश राजधानी जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर प्राङ्गणबाट सरसफाई कार्यक्रमको शुभारम्भ गरिएको थियो।
सो कार्यक्रम मधेश प्रदेश सभामा सम्पन्न गरिएको थियो, जसमा सभामुख रामचन्द्र मण्डल, सातौं वार्षिकोत्सव मूल समारोह समिति संयोजक प्रदेश सांसद रामअशिष यादव, सरसफाई कार्यक्रम संयोजक प्रदेश सांसद फकिरा महतो, नेपाली कांग्रेसका प्रमुख सचेतक कुमर कान्ता झा, एमालेका प्रमुख सचेतक हरिनारायण महतो, एकीकृत समाजवादीका प्रमुख सचेतक रत्नेश्वर लाल गोइत, प्रदेश सांसद संजय यादव तथा सचिव बासु कोइरालासहित प्रदेश सभाका कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य स्वच्छ र हराभरा जनकपुरधाम निर्माण गर्नु रहेको आयोजक समितिले जनाएको छ। सफाई अभियानले जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ भने आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।


























Discussion about this post