जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतिषशास्त्रमा उल्लेख छ । त्यस्तै मानिसको हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ ।
‘हस्तरेखा शास्त्र’ का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् ।यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविष्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।
हस्तरेखाको लागि तस्बिर परिणाम
जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि ज्ञान हुन्छ, उनीहरू यो जान्छन् कि हातको रेखाले भविष्यको सटिक अनुमान लगाउन सकिँदैन । किनकी हातका रेखाहरू व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन् । तर, हस्तरेखाको माध्यमबाट भविष्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न ।
कहाँ हुन्छ भाग्य रेखा ?
तपाइँको हत्केलाको मध्यभागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो ।
के–के हुन्छ ?
खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता व्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउनासाथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ ।
हस्तरेखाको लागि तस्बिर परिणाम
विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् ।त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरूलाई भाग्यले अलि साथ दिन्छ ।
हातमा खास अक्षर
हाम्रो हातको रेखामा एक खास अक्षर पनि लुकेको हुन्छ । यो अंग्रेजी अक्षर ‘एम’ हो । यदि कुनै व्यक्तिको हातको रेखालाई जोडेर यो अक्षर बन्छ भने ती व्यक्तिहरू धेरै भाग्मानी हुने मानिन्छ । यस्ता व्यक्तिलाई ‘भगवानको सन्तान’ पनि भन्ने गरिन्छ ।
शास्त्रअनुसार त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ । जो व्यक्तिको हातको रेखाबाट ‘एम’ अक्षर बन्छ, यस्ता व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । यिनीहरू जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् । साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरूमा पनि त्यसको सकारात्मक असर पर्छ ।
Discussion about this post