पुस २५ गते। एमबीबीएस पास गराउने भन्दै ३८ लाख ८० हजार ठगी गर्ने सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ बिराटनगर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन्।
एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौवालाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा उच्च अदालत बिराटनगरले अनुसन्धानका लागि आदेश दिएको थियो।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिवलाई जिम्मेबारीबाट हटाएका थिए।





















Discussion about this post