मङ्सिर २९ गते। नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की विजयी भएका छन्। शुक्रवार सम्पन्न निर्वाचनको प्रकाशित अन्तिम मत परिणाम अनुसार कुल १५ मत ल्याएर कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियनका उम्मेदवार कार्की निकटतम प्रतिद्वन्द्वी द्वय प्रेस चौतारी नेपालका उम्मेदवार उत्तम कुमार उपाध्याय र प्रेस मञ्चका रवीन्द्र प्रसाद साहलाई तीन तीन मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। उपाध्याय र साहले १२–१२ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार समाजवादीका मदन ठाकुर (धनञ्जय) ले मात्र ६ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रेस सेन्टरका उम्मेदवार डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका थिए। शाखा सचिवमा प्रेस चौतारीका गौतम श्रेष्ठ २६ मत ल्याएर निर्वाचित भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह(सचिवमा खुला तर्फ जीतेन्द्र श्रीवास्तव २४ मत र समावेशी तर्फ दिनेश यादवले २६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सञ्जय कुमार सहनी २४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । यस अघि नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको केन्द्रीय पार्षदमा चौतारीका, शैलेन्द्र गुप्ता, प्रदेश पार्षदमा चौतारीका रमेश तिम्सिना, शाखाको महिला उपसभापतिमा चौतारीकी बिना श्रीवास्तव महिला खुला तर्फ रश्मि पटेल, झल कार्की, पुरुष खुला तर्फ उमेश यादव र आदिवासी जनजाति बाट प्रकाश श्रेष्ठ लगायत निर्विरोध निर्वाचित भएका थिए।
शुक्रवार सम्पन्न निर्वाचनमा मतदाता लाई प्रभावमा पार्न अनेक जालझेल गरिएको थियो। नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको नेतृत्वको लागि शुक्रवार भएको निर्वाचनमा शत प्रतिशत कुल ४५ मत खसेको थियो।














Discussion about this post