nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नगराईन नगरपालिकाको मेयरकै गैरजिम्मेवारी रवैयाले गर्दा आन्दोलन भएको दाबी

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १९, २०८१, ७:५८ मध्यान्ह
नगराईन नगरपालिकाको मेयरकै गैरजिम्मेवारी रवैयाले गर्दा आन्दोलन भएको दाबी

जनकपुरधाम । लामो समयदेखि नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादवबीचको विवादका कारण नगरसभा अन्योलमा परेको छ। नगरसभाको अभावले गर्दा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता लगायतका सेवाहरु प्रभावित भएका छन्।

नगराईन नगरपालिकाका मेयर विनयकुमार यादवले उपमेयरकै कारण नगरपालिकाको कामकाज प्रभावित भएको आरोप लगाएपछि उपमेयर राधादेवी यादवले आरोपलाई पुष्टि गर्न चुनौती दिएकी छन्। असारभित्र नगरसभा सम्पन्न गर्नुपर्ने कानूनी प्रावधान भए पनि मेयर र उपमेयरबीचको विवादका कारण पाँच महिनादेखि नगरसभा हुन सकेको छैन, जसले गर्दा शिक्षक र कर्मचारीले तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

उपमेयर राधादेवी यादवले सोमबार पत्रकार सम्मेलन गर्दै, नगरपालिकाका कर्मचारीहरूको तलब र विभिन्न सेवाहरु तत्काल उपलब्ध गराउनका लागि मेयरलाई आग्रह गरिसकेको बताइन्। उनले कार्यविधि संशोधनमा सहमति भए पनि मेयरले कार्यान्वयन नगरेको कारण आन्दोलनमा उत्रिनु परेको बताइन्। उपमेयर यादवका अनुसार, गत वर्षको सम्झौतामा मेयरले आफूहरुलाई झुक्याउँदै सम्झौताको कार्यान्वयन नगरेको आरोप लगाइएको छ। उनले मेयर विनयकुमार यादवलाई जिम्मेवारी लिन र कार्यविधि संशोधनमा तत्काल हस्ताक्षर गर्न आग्रह गरिन्। उपमेयर यादवले नगरको कामकाज ठप्प हुनुको जिम्मेवारी मेयरमाथि रहेको र आन्दोलन जारी रहने चेतावनी पनि दिइन्।

नगराईन नगरपालिका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहगाउँ हो भने सो क्षेत्रबाट एमाले नेतृसमेत रहेकी सांसद जुली कुमारी महतो छिन् । यस आन्दोलनसंग जोडेर यी दुवै नेतालाई जोडेर हेर्दा गलत अर्थ लाग्ने बताउँदै उपमेयर यादवले गलत अर्थ नलगाइदिन आग्रह समेत गरिन् । उपमेयर यादवले नगराईन नगरपालिकाको कामकाज ठप्प हुनुको कारण मेयर नै रहेको दाबी गर्दै उनले यस नगरपालिकाको कामकारबाहीलाई जोडेर नेकपा एमालेकी नेतृ जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम जोड्नु गलत रहेको बताइन् । उनले हामीले आफ्नो पालिका आफैले बनाउने भएपछि सांसदसमेत रहेकी नेतृ महतो र नेता निधिको नाम जोडेर आन्दोलनलाई कमजोर नगर्न आग्रह गरिन् । उनले मेयरसंग विगतमा कार्यविधि संशोधन गरी बजेट संचालनसम्बन्धी अधिकार उपमेयरमा पनि निहित रहने भनि भएको सम्झौताको आधारमा कार्यविधि संशोधन नहुँदा पाँच महिनादेखि हामी आन्दोलनमा रहेको बताइन् ।

 

नगराईन नगरपालिकाका कार्यकारी सदस्य रामदुलार मुखियाले भने, ‘बजेट सचालनसम्बन्धी अधिकार मेयर र उपमेयरलाई समेत रहने गरी कार्यविधिमा संशोधन गर्दै मेयर ‘वा’ उपमेयर हुनुपर्नेमा मेयर पक्षले मेयर ‘र’ उपमेयर भनि लेखेर हामीलाई झुक्याए पनि अन्तिमसमयमा आफूहरुले सो सम्झौता मान्दै कार्यान्वयनका लागि पालिकाको विधायन समितिमा पनि सो कार्यविधि संशोधन गरिए पनि मेयरले संशोधनसहितको कार्यविधिमा हस्ताक्षर नगरी आलटाल गरे पछि हामीले बाध्य भएर आन्दोलनमा उत्रिुन परेको हो ।’ उनले अन्तिम समयमा मेयर यादवले नै संशोधनका लागि रोक लगाएर हामीलाई झुक्याउँदै खेलाउन खोजेपछि बाध्यतावश आन्दोलित भएको बताए ।

त्यस्तै नगराईन –८ का वडाअध्यक्ष सञ्जय राउतले मेयरसंग भएको उपमेयरलाई आर्थिक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन सम्बन्धी सम्झौता कार्यान्वयन नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए । वडाअध्यक्ष राउतले नगराईन नगरपालिकालाई कुनै पनि अवस्थामा भ्रष्टाचारको अखाडा बन्न नदिने दाबी गरे । उनले मेयर यादवले निमित्त प्रशासकीय अधिकृतसंगको मिलेमतोमा अपारदर्शी ढंगले पालिकाको विकास निर्माणलगायतका बजेटमा अनियमितता गरेको आरोप लगाउँदै पारदर्शी गर्न माग समेत गरे । विकास निर्माणलगायतका बजेटमा मेयरले केही कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेको दाबी गर्दै ससर्त अनुदान बाहेक विकास निर्माणका कामकाज समस्या सामाधान नहुञ्जेलसम्म बन्द रहने बताए ।

नगराईन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालका १ जना जनप्रतिनिधि छन् । मेयर यादव कांग्रेसबाट निर्वाचित छन् भने एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छिन् । विगतमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ९ महिनासम्म आन्दोलन गरेपछि कर्मचारी र शिक्षक तलबभत्तालगायतका सेवा सुविधाका लागि, ज्येष्ठ नागरिकलगायतकाले सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधाका लागि र विद्यार्थीले अध्ययनका लागि आन्दोलन गर्नुपरेको थियो ।

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!