कार्तिक १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा प्रदर्शन गरेको छ ।
सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीसहित १७ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले सांसद चौधरीसहित रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, वीरेन्द्र श्रेष्ठ, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास र सबि खड्कालाई पक्राउ गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनका क्रममा दयाराम नेपाल, सुरेन्द्रराज अवाले, सैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी र नवराज मुडवरी पनि पक्राउ परेका छन् । रास्वपाले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाएको छ ।
Discussion about this post