सप्तरी/कार्तिक ४ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष प्रितमलाल चौधरीको हृदयघातबाट निधन भएको छ । ६० वर्षिय चौधरीको आईतवार विहान घरमै हृदयघातबाट निधन भएको परिवारजनले जनाएको छ । गत स्थानिय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनको निधनमा पालिकाले शोक मनाउन आइतवार नगरपालिका र मातहतका सबै कार्यालयमा शोक विदा दिएको नगर प्रमुख रामलखन मुखियाले जानकारी दिए । यस अघि उक्त नगरपालिका वडा ४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो । यस्तै वडा नं.२ का वडाध्यक्ष रहमान मियाँ अहिले सुरक्षा भत्ता अपचलन गरेको आरोपमा कारागारमा छन । जसकारण अहिले १० वडा रहेको डाक्नेश्वरी नगरपालिकाको ३ वटा वडा जनप्रतिनिधी विहिन भएको छ ।
Discussion about this post