भदौ २५ गते। सर्लाहीमा आफैले खाएको चुरोटको ठुटोबाट आगलागी हुँदा एक जना गम्भीर घाईते भएका छन्।
गएराती जील्लाको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा स्थानिय ४२ वर्षीय परीक्षण महतोले आफैले खाएको चुरोटको ठुटोबाट आगलागी हुँदा उनि गम्भीर घाईते भएका छन्। गएराति महतो आफैले कोठा भित्र चुरोट पिएर ठुटो यतिक्कै नजिकै फालेको र पानीको बोतलमा राखिएको पेट्रोलमा परेर आगलागी भएको बताईएको छ।
त्यसपछि घरका मानिसले उनको उद्धार गरेर तत्काल जिल्लाकै लालबन्दीस्थित मोडेल अस्पतालमा लगेर उपचार सुरु गरिएको थियो। डाक्टरका अनुसार आगलागिमा परेका महतोको शरीरको कम्मरमाथिको ६० प्रतिशत भाग जलेको छ।
Discussion about this post