जनकपुरधाम/असार २० गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्ने भारतकाे बिहार सीतामाढी ग्राम पञ्चायत बैरगिनिया ५ बस्ने २७ वर्षीय महमद अनवर खान रहेका छन् ।
बिषय सुचनाकाे आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रुपमा खिटएकाे टोलीले चेकजाँच गर्ने क्रममा मेड इन युएसए, लेखिएकाे पेस्तोल , ६ राउन्ड गाेली र १ थान म्याग्जिनसहित उनलाई पक्राउ गरेको हो ।
उनले प्रयोग गरेको बीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यानसमेत प्रहरीले बरामद गरेको छ ।
हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post