धनुषा। धनुषाको मिथिलाबिहारी नगरपालिकाले ४३ करोड बढीको बजेट ल्याएको छ । आर्थिक बर्ष २०८१ ०८२ को लागि नगरपालिको सो बजेट प्रस्तुतिकरण गरेको हो । सोमबार सम्पन्न १० औँ नगरसभाबाट आगामी आर्थिक बर्ष २०८१ ०८२ को लागि कुल ४३ करोड ४९ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको हो ।
“समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर मिथिलाबिहारी शहर, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा एवम् प्रविधिमैत्री समृद्ध मिथिलाबिहारी नगर” मूलनारासहित बजेट ल्याइएको हो । सामाजिक विकासतर्फ आवशयकतामा र वास्तिविक जीवनसंग जोड्न र काम सिकाउने जीवनउपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालय नमुनाको रुपमा शुरुआत गर्ने र क्रमशः सबै विद्यालयमा हुरुवात गर्ने, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय शिक्षपुरा गर्न प्रोत्साहन गर्नका लागि विशेश प्याकेज सञ्चालन गर्ने नीति ल्याइएको छ ।
सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालयलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम नगरपलिकाको छ।
सोमबार नगर प्रमुख राजेन्द्र प्रसाद यादवले बजेट प्रस्तुतिकरण गरेका हुन् । सो क्रममा उपमेयर शोभा देवी साहले बजेटको बारेमा विस्तृत पारेकी थिइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा अधिकृत सुभाष झाको विशेष आतिथ्यमा सम्पन्न १० औँ नगरसभाबाट सो बजेट ल्याएको हो । नेपाल सरकारको नम्स अनुसार असार १० गतेसम्म बजेट ल्याउन सफल भएको हो ।

















Discussion about this post