बैशाख १५ गते। धनुषा प्रहरीले ७ लाख भन्दा बढी मूल्यको भन्सार छलीका अवैध सरसामान बरामद गरेको छ ।
धनुषाको जनकपुरकाे जानकी चोकीबाट खटेको प्रहरी टोलिले जनकपुरधाम स्थित महावीर चोकबाट दुईवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको भन्सार छलिका लत्ताकपडा र किरानाको समामान बरामद गरेको हो
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुनसार लत्ताकपडा, किरानको सामान ७ लाख २० हजार ९५० रुपैयाँ बराबरको रहेको छ । बरामद गरेका उक्त अवैध सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Discussion about this post