फागुन २९ गते। जनकपुरधामको एक होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । रामानन्दचोक स्थित सिटी स्टार फैमली होटलको एक कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस भेटिएकी थिइन् ।
अर्को कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल सञ्चालकलाई खबर गरेका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएकोमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।मृतक युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । होटलमा उनी किन गइन् र उनको साथमा अरु को-को थिए भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्याले धनुषाले प्रहरीले जनाएको छ ।
यद्यपि ती युवतीको साथमा अन्य दुई युवक होटलमा बसेको आशंका गरिएको छ । घटनाबारे प्रहरीले पोखरामा रहेका खुश्बु सुनारका श्रीमानलाई पनि खबर गरिसकेको छ ।

















Discussion about this post