nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति,मिटरब्याज पीडितका समस्या समाधान गर्न फेरि अर्को आयोग बनाइने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २९, २०८०, ११:११ बिहान
मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति,मिटरब्याज पीडितका समस्या समाधान गर्न फेरि अर्को आयोग बनाइने

फागुन २९ गरे। सरकार र मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्तासँगै सहमति भएको हो ।सहमितपछि समितिले आह्वान गरेको आन्दोलन पनि फिर्ता भएको छ । पीडितहरु देशका विभिन्न ठाउँबाट पैदल यात्रसहित काठमाडौं आएका थिए ।

मिटर ब्याज पीडितहरुको समस्या समाधान गर्न अर्को आयोग गठन गरिने भएको छ । अनुचित लेनदेना (मिटरब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक अध्ययन तथा जाँचबुझ गरी राय/सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचवुझ आयोग ऐन, २०२६ बमोजिम अनुचित लेनदेन (मिटरब्याज) बिरुद्ध जाँचबुझ आयोग गठन गर्ने सहमति गरिएको हो । सहमतिअनुसार तीन महिनाभित्र आयोगले आफ्नो प्रतिवेदन सरकारलाई पेश गर्न समयसीमा तोकिएको छ ।


उक्त जाँचबुझ आयोगको कार्यादेशमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग– २०८० ले संकलन गरी नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट नेपाल प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाँ उजुरीहरुबारे जाँचबुझ गर्नेछ । सरकारले यसअघि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षता ‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९’ गठन गरेको थियो । आयोगले देशभरबाट मिटर ब्याजविरुद्ध उजुरी आह्वान गरेको थियो ।सोही अनुरूप २७ हजारको हाराहारीमा उजुरी परेका थिए । तीमध्ये आयोगले ५ हजार उजुरीमा मिलापत्र गराएको थियो भने बाँकी २२ हजार उजुरी कानुन अनुसार अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाएको थियो ।

उक्त आयोगले प्रभावकारी ढंगबाट काम नगरेको तथा गरिएको सहमति समेत कार्यान्वयन नभएको भन्दै पीडित ब्याज पीडितहरु पुनः गत माघ १६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले उच्च स्तरीय आयोग गठन गर्नुपर्ने सहित विभिन्न ६ बुँदे माग अघि सारेका थिए । सोही आधारमा सरकार र उनीहरुबिच सहमति भएको हो । मिटर ब्याज पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नबिनले विगतको आयोगले आफूहरुको पक्षमा काम नगरेपछि दोस्रो आयोगको माग गरिएको बताए । सोही आधारमा सरकार र आफूहरुबिच सहमति भएको उनको भनाइ छ ।

अब बन्ने आयोगले नभएको वा नगरेको रकम लिए दिएको भनी लिखत तयार गरेको विषयमा समेत जाँचबुझ गर्नेछ । त्यस्तै वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गरेको, लेनदेन गर्दाको बखतमा ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गरेको, ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गरेको, ऋणीले तिरे बुझाएको रकमको भर्पाई नदिने वा लिखत नबनाउने गरेको, प्रचलित कानूनमा तोकिएभन्दा बढी ब्याज लिएको, ऋणको साँवाभन्दा बढी ब्याज लिएको विषयमा जाँचुबुझ गर्नेछ ।

त्यस्तै ऋण असुलीको लागि कुनै प्रकारको धम्की दिएको, हिंसा वा शोषण गरेको, अनुचित लेनदेन (मिटरब्याज) को आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिएको तथा ऋण लेनदेनको कारोबारमा नलेखिएको (खाली) वा लिएको रकम भन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाएको र अनावश्यक लिखत खडा गरेको विषयमा समेत आयोगले जाँचबुझ गरेर सरकारलाई प्रतिवेदन पेश गर्नेछ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि