धनुषा/फागुन १७ गते। जिल्ला प्रशासन कार्यालय धनुषाले अतिक्रमणमा परेका सरकारी र सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सरकारी, गुठी संस्थान लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएकाहरुलाई खाली गर्न निर्देशन जारी गरेको हो । सार्वजनिक जग्गाको दुरुपयोग र बिक्री-वितरण गर्ने, धितो बन्धक राख्ने लगायतको पाइएमा कानुन बमोजिम कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।
जिल्लाभरिमा रहेका सरकारी, ऐलानी, पर्ती, मठमन्दिर लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याएका व्यक्तिमाथि १० दिनभित्र जानकारी गराउन समेत जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।


















Discussion about this post