गिरिजानन्द साह/माघ २७ गते। ब्लड फर नेपाल र प्रकृति स्रोत व्यवस्थान कलेज किसान नगर द्वारा बृहत रक्तदान कार्यक्रममा सम्पन्न भएको छ। 
रक्तदान कार्यक्रम संघीय संसद लक्ष्मी महतो कोइरी को प्रमुख आतिथ्य,विशिष्ट अतिथि बर्दिबास नगरपालिकाको नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री अतिथि बर्दिबास नगरपालिका वडा नं -०६, वडा प्रमुख पदम बहादुर आले साथै रेड क्रस सोसाइटी बर्दिबास र जनकपुरको सहकार्यमा भव्यताका साथ सम्पन्न भएको छ । जसमा १४ जना महिला सहित ५६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा ब्लडफॉर नेपाल का संस्थापक अध्यक्ष सरोज कुमार महतो, ब्लड फॉर नेपाल धनुषाटीम का सह-सायोजक अजय यादव, इन्द्रिजीत सिंह,संजय कुमार कुशवाह लगायतको उपस्थित रहेको थियो।
ब्लड फ़ार नेपाल ले बिग्त ५ बर्ष देखी धनुषा लगायत देश का अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आइरहेको ब्लड फर नेपाल धनुषाका कोर्डिनेटर भवानी प्रसाद साह ले बताए । साथै वहाँले धेरै किसिमका अभियान मध्ये सबैभन्दा महत्वपुर्ण अभियान रगत अभियान रहेको र आगामी दिनहरुमा पनि रक्तदान र रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिरहने बताएका छ्न । साथै यस कार्यक्रम लाई सफल बनाउन सम्पुर्ण रागतदाता र सहयोगी मनहरुलाई ब्लड फॉर नेपाल धनुषा का संयोजक भवानी प्रसाद साह ले धन्यवाद दिएका छन।

















Discussion about this post