nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हेटौँडा कपडा उद्योगमा सेना र सरकारको चासो

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २३, २०८०, २:४८ मध्यान्ह
हेटौँडा कपडा उद्योगमा सेना र सरकारको चासो

माघ २३ गते। हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भइसकेको छ । लामो समयदेखि बन्द रहेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा बन्द र रुग्ण पुनः सञ्चालनको सूचीमा परेसँगै चर्चामा आउने गरेको छ ।
पछिल्लो समय नेपाली सेनाले बन्द भएर खण्डहर अवस्थामा पुगेको सो उद्योग सञ्चालनमा चासो देखाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएसँगै सरकारले पनि बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि तयारी थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पटक सञ्चालनको तयारी थालेर पुनः रोकिएको कपडा उद्योग पुनः सञ्चालनका लागि प्रारूप तयार गर्न निर्देशन दिनुभएको छ । कपडा उद्योगसँगै बन्द भएका गोरखकाली रबर उद्योगलगायतका उद्योग पुनः सञ्चालनको तयारी थालिएको हो ।विगतमा उद्योगभित्र अनियमिततालगायत आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि २०५७ फागुन १ गतेबाट तत्कालीन सरकारले उद्योगमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीको दायित्व भुक्तानी गर्दै उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।

बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग पटक पटक खारेजीसँगै पुनः सञ्चालनको निर्णयसहित सरकारको प्राथमिकता पर्दै आए पनि सरकारको प्रयास असफल हुँदै आएको छ । पछिल्लो समय सेनाले उद्योग सञ्चालनका बारेमा सम्भाव्यता अध्ययनलाई तीव्र बनाएको छ ।गत जेठमा सेनाका उपरथी भोलानाथ बुढाथोकीसहितको टोलीले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने नसक्ने बारेमा जानकारी लिएको छ ।कपडा उद्योग सञ्चालनको तयारीमा रहेको सेनाले आफैँभित्रबाट कन्सल्टेन्टसमेत नियुक्त गरी आवश्यक सुझाव र प्रतिवेदन तयारीमा लागेको छ । उद्योगका तत्कालीन रङ्गाइ छपाइ विभागका कर्मचारी अच्युतानन्द शुक्लले गत जेठमा आएको सेनाको टोलीलाई उद्योगको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।उद्योगका पूर्वकर्मचारी शुक्लले दसैँपछि सेनाको टोली उद्योगको अवस्था बुझ्न आएको र उद्योग सञ्चालनका लागि उद्योगका अवस्थाका बारेमा जानकारी लिन नियमित सम्पर्कमा रहेको बताउनुभयो ।
उहाँले सेनाले आफैँभित्रबाट कन्सल्टेन्टसमेत नियुक्त गरी अध्ययनको काम गरिरहेका छन्, पटक पटक उद्योग यथास्थितिमा चल्ने नचल्ने बारेमा बुझ्ने काम भइरहेको बताउँदै उहाँले सेना बन्द कपडा उद्योग चलाउने मनस्थितिमा रहेको आफूले पाएको बताउनुभयो ।

उद्योग मर्मतसम्भार गरेर उद्योग सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्थामा अहिले उद्योगको संरचना पुगेकाले यथास्थितिमा सञ्चालन नगरी उपकरणहरू पूरै प्रतिस्थापन गर्न सेनाको टोलीलाई आफूले भन्दै आएको उहाँले बताउनुभयो । “उद्योगमा रहेको धागो बनाउने र रङ्ग्याउने उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा छन् मर्मत गरेर पनि हुँदैन, धागो बनाउने लुमसम्म प्रयोगमा आउने अवस्थामा छ,” उहाँले भन्नुभयो, “यथास्थितिमा मर्मत गरेर चलाउँदा बजारमा पाइने कपडाभन्दा मूल्यमा महँगो प्रतिस्पर्धा गर्न सकिँदैन, पहिलेकै जस्तो प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपर्ने अवस्था आउँछ, उपकरणहरू प्रतिस्थापन गर्नुको विकल्प छैन ।”उहाँले अगाडि भन्नुभयो, “सेनाले उद्योग सञ्चालनमा चासो र तत्परता देखाएको छ यो सकारात्मक नै हो तर नयाँ मोडलका उपकरण जडान आवश्यक छ ।”

यस्तै विगतमा प्रशासनमा कार्यरत हरि वाग्ले पुरानो प्रविधि भएकाले यथास्थितिमा चल्न नसक्ने र प्रतिस्पर्धा गर्न सक्दैन भन्दै नयाँ प्रविधिको मेसिन राखेर सञ्चालनमा ल्याउँदा उपयुक्त हुने बताउनुहुन्छ । उहाँले बाहिरको कपासलगायतका सामग्री आयात गर्नुपर्ने र खुला सिमाना रहेकाले यहाँ उत्पादितभन्दा बाहिरबाट आउने कपडा सस्तो पर्ने भएको पुरानै उपकरण राखेर चल्न नसक्ने बताउँदै राज्यलाई बोझ नपर्ने गरी सञ्चालन गर्नुपर्ने सुझाउनुभयो । उहाँले भन्नुभयो, “११ सयभन्दा बढीले रोजगारी पाएका थिए तीमध्ये आधाभन्दा बढी महिला दिए रोजगारीका दृष्टि उद्योग सञ्चालन आवश्यक छ ।” २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएर हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो । कुनै समय नाफा गएर कर्मचारी कामदारलाई बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग उत्पादन सुरु गरेको २२ वर्षपछि आन्तरिक समस्या र प्रतिस्पर्धामा टिक्न नसकेर बन्द भएको थियो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा आठ करोड रुपियाँभन्दा बढी विनियोजन गरी मर्मतका लागि केही बजेट खर्च गरिएको थियो । तर उद्योग सञ्चालनमा आउन सकेन र मर्मत गरेको उद्योग पनि सञ्चालन नगरेर खारेज गरियो । त्यसपछि पनि खारेजीको निर्णय उल्ट्यार सरकारको उद्योग सञ्चालन गर्न भन्दै नीति तथा कार्यक्रमसँगै बजेटमा प्राथमिकतामा राख्दै आए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन । कतिपयको भने कपडा उद्योग सञ्चालन पछिल्लो समय चुनावमा राजनीतिक मुद्दा बन्दै आएको छ । उद्योग भने अझ दुरवस्थामा पुग्दै खण्डहरमा परिणत भएको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सेनाले उद्योग पुनः सञ्चालनका लागि चासो देखाएर निरीक्षण, अध्ययन र छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले गत आवको बजेटमा समेत कपडा उद्योग सञ्चालन प्राथमिकतामा परेको र चालु आवको नीति तथा कार्यक्रममा पनि उद्योग सञ्चालन गर्ने उल्लेख भएको भन्दै उद्योगको अवस्था, प्रतिस्पर्धालगायतलाई हेरेर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले समेत उद्योग सञ्चालनमा चासो देखाएको बताउँदै यथास्थितिमा भन्दा परिमार्जनसहित सञ्चालन गर्नु उचित हुने बताउनुभयो । उता कपडा उद्योग परिसरमा हाल सशस्त्र प्रहरी बलको गण बस्दै आएको छ । पछिल्लो छलफलपछि उद्योग यथास्थितिमा चल्ने, नचल्ने वा पुनर्संरचना गर्ने बारेमा सेनाका प्राविधिकबाट थप अध्ययन गरिरहेको बताउँदै बन्द उद्योगका तत्कालीन कर्मचारी शुक्लले सेनाका अधिकारीसँग भएको संवाद अनुसार फागुनको मध्य तिर जिम्मेवारी लिएर चलाउने तयारीमा रहेको आफूले बुझेको बताउनुभयो । सेनाले अध्ययन गरी कुन मोडलमा सञ्चालनमा ल्याउने भन्ने बारेमा अहिले निर्णय भने भइसकेको छैन । कपडा उद्योग खारेजीसँगै सरकारले उद्योगको नाममा रहेको २० बिघा जग्गा हेटौँडा औद्योगिक क्षेत्रलाई दिएपछि उक्त जग्गा औद्योगिक क्षेत्रले भाडामा लगाएको छ । बन्द अवस्थाको कपडा उद्योगको हालको संरचना रहेको जग्गाको क्षेत्रफल १६५ रोपनी रहेको छ ।स्रोत-गोरखापत्र बाट 

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!