माघ ४ गते । एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरडका अनुसार बलातकार गरेको आरोपमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।
चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post