पुस २५ गते । एक २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगरलाई पक्राउ गरेको हो ।
उनीहरूले ती युवतीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

















Discussion about this post