पुस १० गते। बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड हिजो सोमवार बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केसरीले जानकारी गराए ।
धाँगडको शव परीक्षणका लागि वीरगञ्जमा रहेको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

















Discussion about this post