nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलामा छठपछि सनेसको चटारो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १०, २०८०, ७:५१ मध्यान्ह
मिथिलामा छठपछि सनेसको चटारो

मंसिर १० गते । छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ (कोसेली)को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ (छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार) पाकिरहेका छन् ।

छठ सकिएसँगै मिथिलाका गृहिणीलाई सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली, इष्टमित्र, मित÷मितिनी र आफन्तलाई पठाउने पुरानो स्थापित परम्परा हो । अहिले मिथिलानी (मिथिलाका नारी)लाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धित कहाँ पठाउन भ्याइनभ्याइ छ ।

“धान थन्क्याएर सकिएको छैन, हिउँदे बाली लगाउने चटारो पनि छ, तर अहिले यी कामका बीच नै छठको ‘सनेस’ पकाउने र पठाउनु पर्दा भ्याइनभ्याइ छ”, महोत्तरीको बर्दिबास–१२ विजलपुराकी गीतादेवी महतो भन्नुहुन्छ, “छोरीको घरमा त पठाइयो, अब फुपू र मितकहाँ पठाउन बाँकी छ ।”

मिथिलामा छठ र तीलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ कुटुम्बजन, मित÷मितिनी र अत्यन्त नजिकी इष्टमित्र कहाँ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने सनेसमा ठकुवा, भुसुवा, पिरुकिया र केरा हुने गर्छ । यसरी पठाइने सनेस छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्य कहाँ एक÷दुई सातासम्म लगाएर पठाउने चलन छ । पकाउने काम गृहिणीको भए पनि सनेस पु¥याउन भने बाबु, काका, दाजुभाइ जाने गर्छन् । यसरी पठाइने सनेसमा छठमा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाइएको हुन्छ ।

“यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडबाडपछि आपसी भेटघाटको अवसर पनि हो”, बर्दिबास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत यादव भन्नुहुन्छ, “यसमा आशिष पु¥याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।” यो चलन सांस्कृतिक, सामाजिक र पारिवारिक सौन्दर्य पनि रहेको यादवको भनाइ छ ।

मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’ को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मित÷मितिनीले बिर्सेकी भन्ने खुल्दुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिलेपहिले जस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ । कामका लागि टाढाटाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बुढापाकाले धान्नुपरेको औरही नगरपालिका–७ का ७० वर्षीय मोहन महतो बताउनुहुन्छ ।

पर्व सकिएलगत्तै युवापुस्ता आ–आफ्ना जिम्मेवारीमा फर्किएपछि ‘सनेस’ पु¥याउने जिम्मेवारी आफ्नो नछुटेको भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुको भनाइ छ ।

“पर्व सकिएलगत्तै तीन जना छोराहरु काममा गए”, भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुले भन्नुभयो,“सनेस लिएर मै जानुपर्ने हुन्छ ।” यो परम्परा कामको चापले बिस्तार हराउँदै जाने हो कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ । “घरगृहस्थीमा युवापुस्ता छैनन्, सबैजसो काममा बाहिर (अन्यत्र) जान्छन्, अब भन्नोस् न, हामीपछि यो के थेगिएला ?”, थारु भन्नुहुन्छ ।

“पवनी (पर्व) सकिएकै दिन सानो छोराले सनेस छोरीकहाँ पु¥याएर आयो”, ठकुवा पकाउन र भुसुवा बटार्न व्यस्त रहनुभएकी गौशाला–१० की शीलवती महतो भन्नुहुन्छ, “अब नन्द र साथीको घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत खुवाइने यी परिकार यसपालि मङ्सिरभरि नै खाजा खाइने उहाँको भनाइ छ ।

खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घिउ र गहुँको पिठोबाट बन्ने परिकार खाँदा शरीर तात्ने, चिसोका विकार ठीक हुने र काममा पूmर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि बढ्दो जाडोबीच ठकुवा, भुसुवा खाने, खुवाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारुको भनाइ छ ।

अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा, भुसुवा बनाउन लागेका छन् । सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा, भुसुवाको मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् । रासस

 

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि