गिरिजानन्द/जनकपुरधाम/कार्तिक १७ गते । लायन्स क्लब अफ जनकपुरधाम,लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको संयुक्त आयोजनामा फ्री हेल्थ डाईबेटीज चेकअप क्याम्प सम्पन्न भएको छ ।

शुक्रबार बिहान जनकपुरधाम विमानस्थल को प्राङ्गणमा भएको फ्री हेल्थ डाईबेटीज चेकअप शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको लियो क्लब अफ जनकपुरधामको अध्यक्ष विकाश साहले जानकारी दिएका छ्न।

फ्री हेल्थ डाईबेटीज चेकअप क्याम्पमा ब्लड प्रेसर टेष्ट , सुगर टेष्ट र हाईपरटेन्सनको परीक्षण गरिएको थियो । लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधामको सक्रियतामा सामाजिक एवं स्वास्थ्य तथा विभिन्न क्रियाकलापका कार्यक्रमहरु जनकपुरधाम क्षेत्रभित्र विभिन्न समयमा निरन्तर हुँदै आइरहेको छ ।

फ्री हेल्थ डाईबेटीज चेकअप क्याम्प लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम को आयोजना साइट नेपाल एवम सामुदायिक-प्रहरी साझेदारी कार्यक्रम संग सहकार्य र जनकपुर ग्राण्डी हस्पिटलको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियाे ।




















Discussion about this post