nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खेतीमा बढ्दै यान्त्रीकरण : हराउँदै गोरु, फैलिंदै ट्याक्टर

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १३, २०८०, ९:२८ मध्यान्ह
खेतीमा बढ्दै यान्त्रीकरण : हराउँदै गोरु, फैलिंदै ट्याक्टर

कार्तिक १३ गते। कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छनै होसकी कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई हुँदैन थियो ।

तर, बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला नेपालको कृषि व्यवहारमै परिवर्तन ल्याइदिएको छ । जसका कारण गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ ।सरकारी तथ्याङकअनुसार २०६८ सालमा ८ लाख ४५ हजार मानिसले कृषि गर्नका लागि ट्याक्टरको प्रयोग गरेका थिए । जसअनुसार देशभर ३७ हजारको संख्यामा ट्यांक्टरहरु थिए ।तर, २०७८ सालमा ट्याक्टर प्रयोग गर्ने कृषकको संख्या १६ लाख ३९ हजार पुग्यो भने देशभर प्रयोगमा रहेको ट्यांक्टरको संख्या पनि ५८ हजार नाघेको सातौं कृषि गणनामा उल्लेख छ । जसरी कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याइदिएको छ ।

कृषि गणनाको तथ्याङ्कअनुसार कृषि प्रविधिको विस्तारका कारण परम्परागतसंगै आधुनिक फलामे हलोसमेत कृषकबाट विस्थापनको चरणमा देखिन्छ ।२०६८ सालमा नेपालका १० लाख ७३ हजार कृषक परिवारले फलामे हलोको प्रयोग गरेको थिए । सो बेलाजम्मा जम्मी किसानहरुसँग ८ लाख ५६ हजार फलामे हलो थिए । तर, २०७८ मा आइपुग्दा फलामे हलो प्रयोग गर्ने किसान परिवार संख्या ७ लाख ३ हजारमा झरेको छ । जुन परिवार संख्याका हिसाबले १२ प्रतिशतको गिरावट हो ।

यस्तै आधुनिक फलामे हलोको कुल संख्या पनि ५ लाख १० हजारमा झरेको छ जुन झण्डै ३ लाख थानले कम हो ।१० वर्ष अघि नेपालका २२ लाख ८१ हजार कृषकहरुले गाई/गोरु पालेका थिए । त्यो बेला नेपालमा कुल ६४ लाख ३० हजार गोटा गाई र गोरु रहेको सरकारी तथ्याङ्क छ । तर, २०७८ मा आईपुग्दा गाई/गोरु पाल्ने किसान र गाई/गोरुको संख्यामा भारी गिरावट आएको छ ।

अहिले नेपालमा गाई र गोरु पाल्ने किसानको संख्या ५ लाख ७२ हजारले घटेर १७ लाख ७ हजारमा झरेको छ । यस्तै, नेपालमा कुल गाई/गोरुको संख्यामा पनि १८ लाख ४९ हजारले घटेर ४५ लाख ५९ हजारमा आइपुगेको छ ।नेपालमा पछिल्लो समय कृषि मेशनरीको प्रयोग बढेको नेपालमा ट्याक्टरको कारोबार गर्ने व्यवसायी उमेश नारायण मानन्धर बताउँछन् । उत्पादन बृद्धिका लागि यान्त्रीकरणको महत्व बुझेपछि किसानहरु आकर्षित भएको उनको भनाइ छ ।

‘सहजै उपलब्धता, उत्पादकत्व बृद्धि र छिटो काम सम्पन्न हुने भएकाले किसानहरु यान्त्रीकरणमा प्रोतसाहित भएको छ,’ कृषि मेशनरी व्यवसायी संघका निवर्तमान उपाध्यक्षसमेत रहेको मानन्धन भन्छन्,’ पहिलो तराई र समथर भूभागमा बढी प्रचलनमा रहेको यान्त्रीकरण अहिले बिस्तारै पहाडी क्षेत्रमा पनि बढीरहेको छ ।’

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश तिमल्सिना कृषिमा यान्त्रीकरणको प्रयोगले व्यवसायीक खेती बढेको र यसमा श्रमको संख्यामा कमी हुनै गएको बताउँछन् । विश्वमा उन्नत कृषिमा जहिल्यै पनि यान्त्रीकरण पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा ढिलै भए पनि सुखद सुरुआत भएको उनको बुझाइ छ ।

‘राष्ट्रिय कृषि गणनाको तथ्याङ्कअनुसार पनि कृषिमा यान्त्रीकरण वृद्धि भएको र कृषिमा सक्रिय जनसंख्या घटेको देखिएको छ,’ अध्यक्ष तिमल्सिना भन्छन्, ‘७१ प्रतिशतले खेती गरेर खान नपुग्ने अवस्थाबाट अब सुधारन हुँदै जाने देखिन्छ ।’

नेपालको पहाडी क्षेत्रमा कृषिमा अझै यान्त्रीकरण चुनौतीपूर्ण रहेको भन्दै उनले सरकारको नीति त्यसतर्फ हुनु पर्ने बताए ।

 

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि