nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा विजया दशमीको अवसरमा विजयोत्सव देखि रावण बध र महाप्रसाद सम्मको कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ८, २०८०, ८:०१ बिहान
जनकपुरधाममा विजया दशमीको अवसरमा विजयोत्सव देखि रावण बध र महाप्रसाद सम्मको कार्यक्रम सम्पन्न

जनकपुरधाम/कार्तिक ८ गते । असत्य माथी सत्यको जित भएको विशेष दिनको रुपमा विजया दशमीलाई मनाइन्छ । विभिन्न काल खण्डमा आदीशक्ति माता दुर्गा भवानीले दुष्ट राक्षसको बध गरेको, महाभारतमा भगवान श्री कृष्ण सहित सत्यको पक्षधर समुहको जित आजकै दिन भएको भन्दै विजया दशमीका दिन विजय उत्सव मनाइन्छ भने भारतिय संस्कृती हुदै नेपाल सहितको देशहरुमा आजकै दिन रावणको बध गरि भगवान श्री राम असत्य उपर जित हात पारेको भन्दै उत्सव मनाउने गरिन्छ ।

यसै मान्यताका कारण जनकपुरधाममा सांकेतिक रावण बध गर्ने कार्यक्रम आयोजना गरिन्छ भने यहाँ स्थित श्री जानकी मन्दिर र श्री राम मन्दिरबाट विशेष डोला निकाल्दै डोलाको नेतृत्वमा नगरभित्र विजय जुलुस निकालिन्छ । मंगलवार विजयादशमीको अवसरमा माता श्री जानकी मन्दिरवाट माता जानकीको डोला सहित जनकपुरधाम नगर दर्शन गराइएको छ ।

महाभारतमा भगवान श्री कृष्णको रथमा रहेको ध्वजामा महाविर (हनुमान) जी सवार रहेको र फलस्वरुप असत्य माथी जित हात पार्न सकिएको भन्दै यस दिनलाई विशेष मान्दै महाविर(हनुमान)जीको ध्वजारोहन गर्ने परम्परा समेत रहिआएको छ । जानकी मन्दिरको प्राङ्गणमा रहेको हनुमान जीको ध्वजारोहन समेत विजया दसमीकै दिन गरिएको छ । नयाँ ध्वजा सहित माता जानकी जीको डोला निकालेर विवाह मण्डपमा पुगेर पुजापाठ गरिएपछि जानकी मन्दिरमा विशेष विधीका साथ आजैका दिन ध्वजारोह गरिने चलन रहेको छ ।

विजयादशमीलाई विजयोत्सवको दिनको रुपमा मनाइन्छ । सम्झनामा परम्परागत रुपमा मिथिलाको राजधानी जनकपुरधाममा निकालिने विजय उत्सव रयाली यस वर्ष समेत निकालिएको छ । विजयादशमीकै दिन जनकपुरधाम स्थित भगवान श्री राम मन्दिरवाट राम जीको डोला सहितको विजय यात्रालाई आज पनि निरन्तरता दिइएको छ । रामचौक, भैरवचौक, महाविर चौक, जानकीनगर, अस्पताल रोड हुदै जानकी मन्दिर, मिल्स एरिया, भानुचौक जनकचौक हुदै पुनः राम मन्दिरमा विजयी जुलुस पुगेको थियो । यसलाई शुभकामना रयालीको रुपमा समेत भनिन्छ । विजयोत्सव यात्रामा देवी, देवता, नगरवासी मात्र नभई सांकेतिक रुपमा विभिन्न जिवजन्तु, भुतप्रेत सहितका समेत नाचगान गर्दै सहभागिता जनाएको दृश्यहरु एकदमै रोचक हुने गरेको छ ।

भगवान श्री रामले असत्यको बाटो हिडेका दुष्ट रावणलाई परास्त गर्दै उनको बध गरि आजकै दिन असत्य माथी जित हात पारेको र आदीशक्ति माता नवदुर्गा भवानीको पुजा गरेको हुनाले जनकपुरधाममा विजय यात्रा समेत निकालिएको छ । श्री राम मन्दिरवाट भगवान श्री सितारामको डोला सहित मन्दिर र युवा क्लवहरुका प्रतिनिधीहरु जनकपुरधामको श्री जनकमन्दिर, श्री दशरथ मन्दिर सहित विभिन्न क्षेत्रको नगरपरिक्रमा गर्दै जानकी मन्दिर पुगेर त्यहाँ टिकाटालो र परम्परागत विधी गरेपछि पुनः राम मन्दिर फर्किने चलन छ ।

रावण बधको कार्यक्रमको पनि आयोजना गरिएको छ । यस वर्ष श्री राम मन्दिरका महन्थ श्री राम गिरीको नेतृत्वमा रावण बधको कार्यक्रम गरिएको छ । सो अवसरमा विशेष व्यक्तित्वहरु, जनकपुरधामका नगरप्रमुख, उपप्रमुख सहितको विशेष उपस्थिती रहेको थियो ।

हिजो माता राजदेवी मन्दिरमा नौं कन्या (बालिका) हरुलाई नवदुर्गा भवानी माताको नौं स्वरुप मान्दै पुजापाठ गरिएको छ भने बालकहरुलाई हनुमान जी र भैरव बाबाको स्वरुपमा पुजा पाठ गरि भब्य महाप्रसाद कार्यक्रमको आयोजना गरिएको छ । महाप्रसादमा युवा क्लव, नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका प्रतिनिधीहरु, विशिष्ठ व्यक्तिहरु सहित नगरवासी र सर्वसाधारणलाई समेत सहभागि रहेको थियो ।

 

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि