विनोद मण्डल/कार्तिक ५ गते। सिरहामा झिझियामा नाचेर घर फर्किरहेकी एक युवतिमाथि सामुहिक सामूहिक रूपमा अभद्र व्यवहार गरिएको घटना बाहिरीएको छ।
सिरहाको लक्ष्मीपुर पतारिमा एक युवती माथी गए राति सामूहिक रूपमा अभद्र व्यवहार गरिएको छ । स्थानिय रामपुर दुर्गा मन्दिर परिसरमा आयोजित झिझिया कार्यक्रममा सहभागी भएर आफ्ना साथीहरुसंग घर फर्किने क्रममा बालिका माथि युवाहरुको समुहले उक्त ठाउँमा रहेको कलभर्टमा लगेर अभद्र ब्यबहार गरिएको बताइएको छ ।
घर फर्किने क्रममा १७ वर्षीय बालिकाले आफूलाई पिसाब लागेको भन्दै आफूसँग रहेको साथीलाई पर्खिन लगाएर पिसाब गर्न लाग्दा युवाहरुले उनलाई उक्त ठाउँबाट नियन्त्रणमा लिएर हातले मुख थुनेर अभद्र ब्यबहार गर्न लाग्दा आफ्नो कुहिनाले धकेलेर मुख खोल्न सफल बालिकाको मुखबाट रोएको आवाज सुनेपछि बाटोमा उनलाई पर्खेर बसेका साथीले रोई कराई गर्दा स्थानिय जम्मा भएपछि उनलाई नियन्त्रणमा लिएका युवाहरु फरार भएका थिए ।
आफूलाई नियन्त्रणमा लिएको मध्ये दुई जनालाई आफूले चिनेको बताउने बालिकाको खुट्टामा चोट लागेको अवस्था रहेको देखिएको छ । घटनाको बारेमा जानकारी दिँदै पिडीतले ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा मोबाईल सम्पर्ग गरेपनि प्रहरी तत्काल घटनास्थलमा पुग्न नसकेको पीडितको आरोप छ ।
यता ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारिले आफूले त्यहाँका वाडा अध्यक्षलाई फोन सम्पर्क गर्दा वाडा अध्यक्षले आफूलाई घटनाको बारेमा केही थाहा नभएको बताए पछि उक्त ठाउँमा प्रहरी ढिलो पुगेको प्रहरीले जनाएको छ । हिजो बिहान पीडितहरु ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुगेर ठाडो निवेदन दिएपछि घटनामा संलग्न भनिएको सञ्जय कुमार रामलाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू फरार रहेको अवस्था रहेको छ ।

















Discussion about this post