भदौ २५ गते। एक १५ वर्षीया किशोरीलाई जब रजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-३ बस्ने १९ वर्षीय अरबिन महता, १७ वर्षीय एक किशोर र १८ वर्षीय एक किशोर समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दोधारा चाँदनी नगरपालिका-२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएको समयमा उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका-४ बैतडा टोलस्थित उखु बारीमा लगि भदौ १५ गते बेलुकी र सोही नगरपालिका-१ मायापुरी सामुदायिक जंगलमा लगि भदौ १९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















Discussion about this post