nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतको प्रतिबन्धले चामलको भाउ बढ्यो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १७, २०८०, १२:१४ मध्यान्ह
भारतको प्रतिबन्धले चामलको भाउ बढ्यो

श्रावण १७ गते। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले चामलको भाउ बढाएका छन्। चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।

नेपाल चामलमा आत्मनिर्भर नभएकाले ठूलो परिमाणमा भारतबाट चामल लगायतका खाद्यान्न आयात हुन्छ। आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ३७ अर्ब रूपैयाँको चामल आयात भएको छ। १८ सय रूपैयाँ बोराको जिरा मसिना चामलको मूल्य बढेर २ हजार रूपैयाँ पुगेको छ।

दैनिक उपभोग्य वस्तुको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन्। यसले निम्न आय भएका मजदुर, विद्यार्थी लगायत प्रभावित भएका छन्। खाद्य वस्तुको मूल्य बढ्दा उपभोक्ताको भान्सा महँगो भएको छ। अनुगमन प्रभावकारी नहुँदा मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

‘भारतबाट आयात रोकिँदासाथ चामलको मूल्य बढाएका छन्,’ उनले भने, ‘सरकारले अनुगमन गरेर कानुनी दायरामा ल्याउनु पर्छ।’ खरिद महँगो भएर बढ्नु स्वाभाविक भए पनि मनपरी मूल्य बढाएको उनले बताए।

खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन थालेको थियो। नेपाल सरकारको अनुरोधमा वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट दिँदै आएको भए पनि अहिले निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपाली उपभोक्ता पर्ने भएका छन्।

मुलुक चामलमा आत्मनिर्भर नभएकाले कूटनीतिक पहल गरी भारतबाट चामल आयातको प्रतिबन्ध खोल्नुपर्ने व्यापारीहरू बताउँछन्। ‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्लाई मूल्य नियन्त्रण गर्दै सहुलियत दरमा दैनिक अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न माग गरेका छन्। दैनिक अत्यावश्यक वस्तुको रूपमा रहेको चामल, पिठो, नून, चिनी तथा खाद्य तेलको अभाव हुँदा समस्या पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष महर्जनले बताए।

भारत लगायत अन्य मुलुकबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल मिनाहा गरी शून्य भन्सार दरमा आयात गरी अन्तर्राष्ट्रिय बजारमूल्यमा नै बिक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए। ‘चामल निकासीमा लगाइएको प्रतिबन्ध समेतलाई आधार बनाइ भारत लगायत तेश्रो देशबाट नेपालको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा बिक्री वितरण गनुपर्छ,’ उनले भने।

यो वर्ष धान रोपाइँ कम भएकाले आयात अझ बढ्ने अनुमान गरिएको छ। भारतबाट मात्र करिब २१ प्रतिशत चामल आयात हुन्छ। मुलुकको अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष धान रोपाइँ निकै न्यून भएको छ। समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो।

अन्न भण्डारण मानिने तराईमा कम रोपाइँ भएपछि यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ। यो वर्ष मुलुकभर पोहोर भन्दा १३ प्रतिशत कम रोपाइँ भएको छ। गत शुक्रबारसम्म मुलुकभर ७७ प्रतिशत मात्र रोपाइँ भएको छ।

पोहोर सोही अवधिमा ९० प्रतिशत रोपाइँ भएको सरकारी तथ्यांकले देखाउँछ। मुलुकमा आवश्यकताअनुसार धान उत्पादन नहुँदा विदेशबाट आयात भैरहेको छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो मसिनो चामल प्रयोग गर्दै आएका छन्। स्रोत-नागरिक बाट

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!