हिन्दु धर्मको सबैभन्दा बलवान तथा अष्ठ चिरन्जिबि मध्यका एक हनुमानजीको आरधना गर्नाले सबै कष्टहरु दुर हुन्छ भन्ने मान्यता छ ।
दशै दिशा र चारै युगमा हनुमानजीको प्रताप रहेको र उनको पुजा आरधना गर्नाले सबैकिसिमका दुख हरु दुर हुन्छन भन्ने हिन्दुहरुको बिस्वास छ ।
हिन्दुधर्मग्रन्थका अनुसार यो युगमा जाग्रत र साक्क्षात देवताको रुपमा हनुमानजी लाई लिईन्छ । कलियुगमा हनुमानजीको भक्तीले सबैकिसिमका दुख नास गर्नेकुरा उल्लेख छ । हनुमान चालीसा प्रतिदिन पड्नाले सबैकिसिमको मनोबान्छित फल मिल्ने कुरा धर्मग्रन्थमा उल्लेख छ ।
मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा पनि गर्ने गरिन्छ । यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामना पूर्ण हुन्छ । यसका लागि बेलुका सूर्यास्त पश्चात हनुमानजीको मंदिर या घरमा मूर्तिको अघि सफा आसनमा बसौ र तोरिको तेलको चौमुख दीपक जलाउ। यसको साथै अगरबत्ती, पुष्प आदि अर्पित गरौ। सिंदूर, चमेलीको तेल चढाउ।
प्रतिदीन हनुमान चालीसाको पाठ गर्नले र मंगलबार हनुमानजीको पुजा आरधना गर्नाले सबैकिसिमको संकट नास हुन्छ भन्ने मान्यता रहिआएको छ ।














Discussion about this post