विनोद मण्डल/श्रावण ३ गते । सुनसरी र सप्तरीको सीमानाको रूपमा रहेको सप्तकोसी नदीको कोसी ब्यारेजका साहासिक व्यक्तित्व हुन चन्दर मुखिया ।
केही दिन अगाडि कोशीको पुलबाट नदिमा ट्रक खस्दा डुबेका मानिसहरुलाई बचाउने ब्यक्ति हुन चन्दर मुखिया ।
मुखियाले सप्तकोशीमा दाउरा निकाल्ने साथै माछा मार्ने काम गर्दै आएका छन । मुखियाका अनुसार अन्य दुर्घटना हुँदा पनी यिनले धेरैको ज्यान बचाएका रहेछन ।
यिनले ट्रक सहित कोसी नदीमा डुबेका व्यक्तिहरूलाई बचाएका थिए । मुखीया जस्तो साहसी मान्छेलाई राष्ट्रले उचित सम्मान दिनूपर्ने देखिन्छ ।















Discussion about this post