nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अपराधका घटना बढ्दोः मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

सजिलो पोस्ट सजिलो पोस्ट
असार २३, २०८०, ७:४८ मध्यान्ह
अपराधका घटना बढ्दोः मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

रासस/असार २३ गते। मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ। गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो।

यस्तै, पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए।

साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए। उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन्।

प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ। उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए।

उनका अनुसार उक्त अवधिमा गाँजा मात्रै छ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ। लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ।

प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको रू १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए। उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ।

अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ। यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन्।

सवारी दुर्घटना

प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा छ हजार चार सय २० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जना गम्भिर घाइते भएका छन्।

सवारी सम्बन्धमा सात लाख ३६ हजारलाई कारबाही गरिएको छ। कारबाहीबापत रू ५६ करोड ४६ लाख राजस्व सङ्कलन गरिएको कडायतले बताए। उक्त अवधिमा रू एक अर्ब ५९ करोड ६२ लाखको अवैध सामान बरामद गरिएको छ।

विपद् व्यवस्थापनमा १० हजार जनशक्ति

प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनमा १० हजार ८५ जना जनशक्ति तयार पारिएको छ। उनीहरुलाई चौबिसै घण्टा परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ।

प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र विभिन्न कसुरको अनुसन्धान गर्ने निकायबीच साझा प्लेटफर्मका रुपमा विकास गर्ने प्रारम्भिक समझदारी भएको जानकारी दिएको छ। साथै नेतृत्व तहमा रहेका प्रहरी कर्मचारीबीच समन्वय र निर्णय प्रक्रियामा सामूहिक भावनाको विकास  गर्न प्रहरी महानिरीक्षकबाट विभागीय प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ।

निम्न दर्जाका प्रहरी कर्मचारीको चाहनाअनुरुप निवृत्तिभरणका लागि १६ वर्षमा नै अवकाशमा जान पाउने प्रावधानका लागि कानुन संशोधनको प्रस्ताव पेस गरिएको, अपराध अनुसन्धानमा लामो समय एकै ठाउँमा रहेका मुद्दा फाँटका कर्मचारीलाई सरुवा गरिएको, नयाँ भर्नाको दरखास्त प्रणालीलाई सहज बनाउन अनलाइन प्रणालीको विकास गरिएकोलगायत प्रशासनिक काम/कारबाही सुधार भएको प्रहरीले तीन महिने प्रगति विवरणमा उल्लेख गरेको छ।

त्यस्तै, नेपाल प्रहरीको शोध, अध्ययन अन्वेषण कार्यादेश–२०८० स्वीकृत भएको तथा विशिष्टीकृत जनशक्ति परिचालन कार्यविधि स्वीकृत गरी विशिष्टीकृत तथा वैत्रानिक अपराध अनुसन्धान प्रणालीको विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!