काठमाडौँ/असार ११ गते । मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेको छ। आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा आयोगले सो निर्णय गरेको हो।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पुर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पुर्व न्यायधिश गिरिशचन्द्र लाल, पुर्व न्यायधिश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पुर्व सदस्य ब्रह्मदेव राय, पुर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरुसँग आयोगले मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
आयोगले नेपाल र नेपाली, मधेश र मधेशीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरु मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरुमा सरोकारवालाहरुसंग गहन छलफल गरी सो मितिमा मधेश दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
आयोगले सबै सरोकारवालाहरुसँग मधेश दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय तथा सुझाव समेत सो प्रेस विज्ञप्ति मार्फत माग गरेको छ।














Discussion about this post