जेठ ३० गते। काठमाडौँको माइतीघर मण्डलामा एक युवकले आज शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।
नागरिकता माग गर्दै आएका उनले आज आत्मदाहको प्रयास गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
मोरङको कटहरी घर भएका निरजकुमार कामतले आज नागरिकताको माग गर्दै आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारको निम्ति राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ । सोही क्रममा निरजले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
युवकका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।





















Discussion about this post