जेठ १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित जनकपुरका सन्तोष चौधरी प क्राउ परेका छन् ।
अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका–१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post