nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुबै खुट्टा नभ एका बुढामगर सगरमाथा चढेर गरे विश्व कीर्तिमान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०८०, ८:५२ मध्यान्ह
दुबै खुट्टा नभ एका बुढामगर सगरमाथा चढेर गरे विश्व कीर्तिमान

जेठ ९ गते । दुवै खुट्टा गुमाएका पूर्व बेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो (डबल एम्प्युटी एभोब नी अर्थात घुँडा माथिबाट दुवै अंगविच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो। सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौँ’ । हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रुपमा छन् । थापाले बेलायतको स्पेशल यअर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रुपमा २४ वर्ष सेवा गरेका थिए ।

सफल आरोहणपछि एनएसएसएल ग्लोबल कम्पनीले उपलब्ध गराएको स्याटलाइट फोनमार्फत हरिले भने, ‘वास्तवमा मैले सोँचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नै पर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि, गाह्रो भए पनि हामीलाई केही फरक परेन र अन्तत हामी सफल भयौँ ।’

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरु कोहीभन्दा कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको जनाए । उनले खुशी हुँदै थप भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।’

हरिको थप भनाइ थियो ‘मेरो परिवार, मेरा सहयोगी साथीहरू र धेरै जनताको साथबिना सगरमाथा आरोहण गर्न सम्भव थिएन ।’

सगरमाथाको सफल आरोहण गर्नुपूर्व बुढामगरले नर्थ अफ्रिकाको माउन्ट टुब्कल (४,१६७), माउन्ट ब्लांक (४,८१० मिटर), चुलू सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरापिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब नी’ (घोडा माथिबाट दुवै अंगविच्छेदन) लगायत रेकर्ड बुढामगरको नाममा छ ।

एडमन्ड हिलारी र शेर्पा तेन्जिङ नोर्गेले सन् १९५३ मे १९५३ मा विश्वको अग्लो चुचुरोमा उभिने पहिलो व्यक्ति बनेको ७० वर्षपछि बुढामगर र उनको आरोही टोलीले सगरमाथा आरोहण गरेको हो । हिलारी र तेन्जिङले सगरमाथा आरोहण गर्दा तत्कालीन बेलायती महारानी एलिजावेथ द्वितीयको राज्यरोहण चलिरहेको थियो भने यस पटक राजा चार्ल्स तृतीयको राज्यरोहणकै महिनामा हरिले समगरमाथाको समगरमाथाको सफल आरोहण गरेका छन् । हरिले भने, ‘मैले पहिलो पटक २०१८ मा यो आरोहणको योजना बनाएको थिएँ, तर सगरमाथाको पहिलो आरोहणको ७०औँ वार्षिकोत्सव मनाउन पाउँदा अलिक बढी विशेष लागेको छ ।’

बुढामगर रोल्पाको मिरूल गाउँमा सन् १९७९ मा जन्मिएका हुन् । पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजनामा रहेका बुढामगरलाई कानुन बाधक बनेको थियो । पर्वतारोहण सम्बन्धी नियमावली – २०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले सगरमाथा आरोहण गर्न रोकेको थियो ।

नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्गप्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको थियो । उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् । सन् १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत महत्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

आरोहणपछि अबको जीवनको अधिकांश समय नेपालमा बिताउने बुढामगरको योजना छ । नेपालमा अपाङ्ग सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने उनले सुनाए । 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!