nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खजुर : खाली पेटमा खाने वा खाना खाइसकेपछि ? दिनमा कति खाने ? बच्चालाई धेरै नदिनुहोस्

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २१, २०७९, १०:०७ मध्यान्ह
खजुर : खाली पेटमा खाने वा खाना खाइसकेपछि ? दिनमा कति खाने ? बच्चालाई धेरै नदिनुहोस्

खजुरलाई पोषक तत्त्वको शक्ति गृह भनिन्छ । यसमा प्राकृतिक चिनी मात्रै होइन, यसमा भिटामिन, आइरन, पोटासियम, क्याल्सियम, फस्फोरस पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने पोषक तत्त्वबाट शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ । जाडो, गर्मी वा वर्षा याम जुनसुकै मौसममा खजुर खान सकिन्छ ।त्यसैले आज यस्तै सदाबहार खजुरको बारेमा कुरा गरौँ ।

खाली पेटमा खजुर खानु बढी फाइदाजनक 

भारतकी आयुर्वेद विशेषज्ञ डा. दीक्षा भावसारले सही समयमा खजुर खाँदा शरीरलाई बढी फाइदा हुने बताउँछिन् । आयुर्वेदका अनुसार बिहान खाली पेटमा खजुर खानुपर्छ । खजुरले शीतलता दिने भएकाले शरीरमा वात र पित्तको सन्तुलन कायम रहन्छ ।

हुन त एक वा दुई वटा खजुर दिउँसो खाजाको रूपमा लिन सकिन्छ वा मिठाई खान मन लागेमा खान सकिन्छ । खाना खाए लगत्तै खजुर नखानुहोस् । तौल बढाउन चाहनुहुन्छ भने राति सुत्नुअघि घिउसँग खजुर खान सक्नुहुन्छ ।

किन सुपरफुड हो खजुर ?

– प्राकृतिक चिनीको भरपुर मात्रा

– १५ प्रकारका मिनरल्स

– ६ प्रकारका भिटामिन

– १४ प्रकारका फ्याटी एसिड्स

– २३ प्रकारका एमिनो एसिड्स

हरेक दिन दुई खजुर खाए पुग्छ

शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउन दिनहुँ दुई वटा खजुर खानु पर्याप्त हुन्छ । पाचन प्रक्रिया ठिक छ भने चार वटा खजुर पनि खान सकिन्छ । जबकि बच्चाहरूलाई एक दिनमा एक भन्दा बढी खजुर दिनु हुँदैन । खजुरले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बढी मात्रामा खजुरको सेवनले रगतमा चिनीको मात्रा बढ्ने, छालामा बिमिरा आउने, तौल बढ्ने, हाइपरकेलेमिया, दम जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । पेट दुख्ने र पखाला लाग्ने पनि हुन्छन् ।

खजुरलाई ८–१० घण्टा पानीमा भिजाउनुहोस्

खजुर खानुअघि ८–१० घण्टा पानीमा भिजाउनुहोस् । पानीमा राख्दा खजुरमा पाइने ट्यानिन्स वा फाइटिक एसिड हट्छ । यसले पोषक तत्त्वहरूलाई राम्ररी अव शोषित गर्न अनुमति दिन्छ । पानीमा भिजाएर राख्दा पचाउन पनि सजिलो हुन्छ ।

रक्त अल्पता भएकाहरूले ३ महिनासम्म खजुर खानुपर्छ 

खजुरमा फलामको मात्रा धेरै हुन्छ । भारतकी डायटिशियन डा. विजयश्री प्रसादले हेमोग्लोबिनको कमी भएका वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले दैनिक एक खजुर खानुपर्ने बताउँछिन् । २ देखि ३ महिनासम्म खजुर खाएमा तौल मात्र बढ्दैन, शरीरमा रगत पनि बन्छ ।

डा. विजयश्रीले भनिन्, ‘भिटामिन ए, बी र डी हुनुका साथै खजुर ऊर्जाको पनि राम्रो स्रोत मानिन्छ । फाइबर भएका कारण खजुरले पाचन तन्त्रलाई पनि उत्कृष्ट बनाउन मद्दत गर्छ ।’

नियमित रूपमा खजुर खाँदा कोलेस्ट्रोल कम हुन्छ । उच्च रक्तचाप पनि नियन्त्रण हुन्छ ।

बाथ रोगीले खानुपर्छ

खजुरमा म्याग्नेसियमको मात्रा बढी हुन्छ । त्यसैले बाथका रोगीहरूलाई धेरै फाइदा पुर्‍याउँछ । खजुरमा पोटासियम, बोरोन, क्याल्सियम, कोबाल्ट, कपर, फ्लोरिन, म्यागनिज, फस्फोरस, सोडियम र जिङ्क जस्ता १५ वटा खनिजहरू पाइन्छन् ।

जुन स्याउ, केरा वा सुन्तलामा पाइँदैन, त्यो खजुरमा मात्र पाइन्छ 

खजुरमा पाइने प्रोटिनमा २३ प्रकारका एमिनो एसिड पाइन्छन् । यीमध्ये केही एमिनो एसिड सुन्तला, स्याउ र केरामा पनि पाइँदैन । खजुरमा भिटामिन सी, बीवान थाइमिन, बीटु, राइबोफ्लेविन, नायसिन र भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । 

खजुरका यस्ता ९ गुण जसले यसलाई खास बनाउँछ

दाँतलाई बलियो बनाउँछ : खजुरमा फ्लोरिन पाइन्छ जसले दाँतलाई कमजोर हुनबाट रोक्छ ।

कब्जियत हटाउँछ : खजुरमा फाइबरको मात्रा बढी हुने भएकाले कब्जियत हटाउँछ ।

मुटुलाई स्वस्थ राख्छ : खजुरमा पाइने पोषक तत्त्वले हाम्रो मुटुलाई स्वस्थ राख्छ ।

कोलेस्ट्रोल घटाउनुहोस् : हरेक दिन एक खजुर खाँदा खराब कोलेस्ट्रोल पनि कम हुन्छ ।

हड्डीलाई मजबुत बनाउँछ : खजुरलाई क्याल्सियम, पोटासियम, फस्फोरस, तामा र म्याग्नेसियमको पावर हाउस मानिन्छ । यसले हड्डीलाई बल दिन्छ ।

मस्तिष्कलाई पोषण दिन्छ : मानसिक स्वास्थ्य सुधार गर्दछ, अल्जाइमर जस्ता रोगहरू नियन्त्रण गर्न मद्दत गर्दछ

स्ट्यामिना : शरीरको कमजोरी हट्छ, स्ट्यामिना बढ्छ ।

पायल्समा राहत : फाइबर प्रशस्त हुने भएकाले पायल्स भएकाहरूले पनि खजुर खानुपर्छ ।

स्वस्थ गर्भावस्था : फलामको मात्रा बढी हुने भएकाले गर्भवती महिलाको आहारमा खजुर समावेश गर्नुपर्छ ।

Tags: स्वास्थ्य टिप्स

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि